जन्मदिनको अवसरमा राजेश घिमिरेद्वारा पत्रकार कल्याणकारी अक्षयकोषलाई सहयोग

चितवन, १८ वैशाख ।
नेपाल पत्रकार महासंघ चितवन शाखाद्वारा स्थापना गरिएको पत्रकार कल्याणकारी अक्षयकोषका लागि महासंघका सचिव राजेश घिमिरेले जन्मदिनको अवसर पारेर रु २०,११८ सहयोग प्रदान गर्नुभएको छ ।

अक्षयकोषका तर्फबाट जारी वक्तव्यमा घिमिरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो योगदानले कोषलाई सुदृढ बनाउन महत्वपूर्ण टेवा पुग्ने उल्लेख गरिएको छ । साथै, उहाँको आगामी दिनहरू सफल, सुखद र प्रगतिशील रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।

उक्त अक्षयकोष पत्रकारहरूको हित तथा कल्याणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट