जन्मदिनको अवसरमा राजेश घिमिरेद्वारा पत्रकार कल्याणकारी अक्षयकोषलाई सहयोग

चितवन, १८ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाद्वारा स्थापना गरिएको पत्रकार कल्याणकारी अक्षयकोषका लागि महासंघका सचिव राजेश घिमिरेले जन्मदिनको अवसर पारेर रु २०,११८ सहयोग प्रदान गर्नुभएको छ । अक्षयकोषका तर्फबाट जारी वक्तव्यमा घिमिरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो योगदानले कोषलाई सुदृढ बनाउन महत्वपूर्ण टेवा पुग्ने उल्लेख गरिएको छ । साथै, उहाँको आगामी दिनहरू सफल, […]

आँचल साहित्य कला पुञ्जको अध्यक्षमा निरा शर्मा

मकवानपुर, १८ वैशाख । मकवानपुरमा क्रियाशील महिला साहित्यकारहरूको संस्था आँचल साहित्य कला पुञ्जको अध्यक्षमा निरा शर्मा चयन भएकी छन् । निवर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेकी शर्मालाई शुक्रबार सम्पन्न पाँचौँ अधिवेशनबाट निर्विरोध अध्यक्षमा चयन गरिएको निर्वाचन मण्डल संयोजक पूर्णकला घिमिरेले जानकारी दिइन् । पुञ्जको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिव एलिजा पुडासैनी, सहसचिव सरिता दाहाल र कोषाध्यक्षमा सम्झना अधिकारी […]

महालक्ष्मी साहित्य समाजको अध्यक्षमा विनोद खत्री चयन

ललितपुर, १८ वैशाख । महालक्ष्मी नगरपालिका–९ को कार्यालय भवनमा आयोजित समारोहबीच महालक्ष्मी साहित्य समाजको तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । वि.सं. २०७९ सालमा स्थापना भएको उक्त संस्थाले साहित्यको संस्थागत विकास गर्ने उद्देश्यसहित नियमित साहित्यिक श्रृङ्खला, पुस्तक प्रकाशन तथा स्रष्टा सम्मानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । लेखक तथा कविहरूको वृहत् भेलाबाट सम्पन्न अधिवेशनले […]

आँचलद्वारा हास्यव्यङ्ग्यकार आरसी रिजाल अभिनन्दित

मकवानपुर, १८ वैशाख । आँचल साहित्य कला पुञ्जको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा मकवानपुरका हास्यव्यङ्ग्यकार आरसी रिजाल अभिनन्दित हुनुभएको छ । अधिवेशनका क्रममा संस्थाकी अध्यक्ष भावना सापकोटा र प्रमुख अतिथि साहित्यसेवी मुक्तिगोविन्द वैद्यले उहाँलाई अभिनन्दन–पत्र तथा दोसल्ला प्रदान गरी सम्मान गर्नुभएको हो । कार्यक्रममा शिक्षासेवी देवप्रसाद श्रेष्ठ, आँचलकी संस्थापक पूर्णकला घिमिरे, […]

पत्रकार महासङ्घ चितवनको साधारणसभामा तीन पत्रकार सम्मानित

चितवन, १८ वैशाख । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको २२औँ साधारणसभामा तीन जना पत्रकारलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले शुक्रबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभएको हो । मैयाँदेवी पत्रकारिता पुरस्कारबाट पत्रकार अनिल ढकाल, बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट दिप्ती विश्वकर्मा तथा सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत […]

‘प्रेमको सुगन्ध’ मा लठ्ठिएको मन

क) विषय प्रवेश: ‘प्रेमको सुगन्ध’ (२०८२) निर्दोष जीवनद्वारा लिखित नवीनतम कृति—मुक्तकसङ्ग्रह हो । यसमा विविध भाव र विषयवस्तुमा सिर्जना गरिएका २०० मुक्तकहरू समावेश छन्। गायक तथा सङ्गीतकारसमेत रहेका जीवनका यसअघि गीति एल्बमहरू, कथा सङ्ग्रह ‘मैयाँ’ र उपन्यास ‘नोस्टाल्जिया’ प्रकाशित भइसकेका छन् र दुवै कृतिहरूको दोस्रो संस्करण बजारमा उपलब्ध छन् । ‘प्रेमको सुगन्ध’ सार्वजनिक भएको दुई […]

मालपोत सेवा अब पूर्ण अनलाइन : धितो रोक्का – फुकुवा घरमै, बिचौलियाको अन्त्यतर्फ सरकार

काठमाडौँ, १८ वैशाख । सरकारले मालपोत कार्यालयमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने व्यवस्था लागू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शासकीय सुधारअन्तर्गत “नतिजामा आधारित शासकीय व्यवस्थापन” (Delivery-Based Governance) कार्यान्वयन गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यो नयाँ […]