आँचल साहित्य कला पुञ्जको अध्यक्षमा निरा शर्मा

मकवानपुर, १८ वैशाख ।
मकवानपुरमा क्रियाशील महिला साहित्यकारहरूको संस्था आँचल साहित्य कला पुञ्जको अध्यक्षमा निरा शर्मा चयन भएकी छन् ।

निवर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेकी शर्मालाई शुक्रबार सम्पन्न पाँचौँ अधिवेशनबाट निर्विरोध अध्यक्षमा चयन गरिएको निर्वाचन मण्डल संयोजक पूर्णकला घिमिरेले जानकारी दिइन् ।

पुञ्जको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिव एलिजा पुडासैनी, सहसचिव सरिता दाहाल र कोषाध्यक्षमा सम्झना अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा रजनी पौडेल, अनु रोक्का, सिर्जना पौडेल र गोपिनी गौतम चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले आगामी दिनमा संस्थापक तथा पूर्वअध्यक्ष स्वर्गीय अप्सरा तिम्सेनाको सम्मानमा स्मृति ग्रन्थ तथा आँचल परिचय ग्रन्थ प्रकाशन गर्ने र महिला साहित्य क्षेत्रमा सिर्जनशील गतिविधिलाई प्राथमिकता दिने बताइन् ।

आरसी रिजाललाई आँचलको अभिनन्दन

आँचल साहित्य कला पुञ्ज मकवानपुरले हास्यव्यंग्य साहित्यकार आरसी रिजाललाई अभिनन्दन गरेको छ ।
मकवानपुरमै रही राष्ट्रिय स्तरमा हास्यव्यंग्य क्षेत्रमा योगदान पुर्‍याएका रिजाललाई शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

पुञ्जको पाँचौँ अधिवेशन, चौधौँ साधारणसभा तथा पारिजात स्मृति दिवसको सन्दर्भ पारेर उनलाई अभिनन्दन गरिएको संस्थाले जनाएको छ ।

साहित्यप्रेमी मुक्ति गोविन्द बैद्य र हरिवंश भेटवालले रिजाललाई अभिनन्दन गरेका थिए । कार्यक्रममा साहित्यकारहरूले रचना वाचनसमेत गरेका थिए । कार्यक्रम पुञ्जकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट