महालक्ष्मी साहित्य समाजको अध्यक्षमा विनोद खत्री चयन

ललितपुर, १८ वैशाख ।
महालक्ष्मी नगरपालिका–९ को कार्यालय भवनमा आयोजित समारोहबीच महालक्ष्मी साहित्य समाजको तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।

वि.सं. २०७९ सालमा स्थापना भएको उक्त संस्थाले साहित्यको संस्थागत विकास गर्ने उद्देश्यसहित नियमित साहित्यिक श्रृङ्खला, पुस्तक प्रकाशन तथा स्रष्टा सम्मानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

लेखक तथा कविहरूको वृहत् भेलाबाट सम्पन्न अधिवेशनले विनोद खत्री ‘आकाश’लाई समाजको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ । उहाँको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा जुमन किरण, सचिवमा निरा श्रेष्ठ र कोषाध्यक्षमा रूविना राना चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा पुरुषोत्तम बस्नेत, पुष्कर थापा, सुमन घिमिरे, महेश गौतम, विष्णु थापा, होमनाथ खत्री र राजाराम राउत चयन हुनुभएको छ ।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट