चीनबाट १६ लाख डोज भेरोसेल खोप आउँदै

भरतपुर, १ भदौ ।
चीनबाट १६ लाख डोज भेरोसेल खोप आउने भएको छ । चिनियाँ कम्पनीसँग खरिद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो ।

नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट बुधबार आठ लाख र बिहीबार आठ लाख डोज खोप आउने छ । बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ ।

यस्तै, जापानले कोभ्याक्समार्फत् उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी सात लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी एक करोड आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकअनुसार ३४ लाख ९० हजार ६६५ जनाले कोभिडविरुद्धको पूर्णखोप लगाएका छन् भने ४६ लाख १६ हजार ९३६ जनाले पहिलो मात्रा लगाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट