चितवनमा कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप लगाउने १ लाख नाघे

भरतपुर, ११ साउन । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत चितवनमा सोमबार थप ११ हजार ९१९ जनाले भेरो सेलको पहिलो मात्रा लगाएका छन् । साउन १ देखि ३ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा छुट्न पुगेकालाई सोमबार खोप प्रदान गरिएको हो । छुटपुटमा परेकालाई भोलि (मंगलबार) पनि खोप दिइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ५५ […]

डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुने, दैनिक ७५ टन उत्पादन

महोत्तरी, ११ साउन । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा एक अर्ब पचास करोड रूपैयाँको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि शिलान्यास भएको छ । आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको शिलान्यास गरेका हुन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी […]

तेस्रो लहर असोज १५ गतेदेखि, आगामी ५ महिनामा २ लाख संक्रमित

काठमाडौँ, ११ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को वर्तमान अवस्था तथा संक्रमण दरका आधारमा अगामी असोज दोस्रो सातादेखि नेपालमा तेस्रो लहर आउने प्रक्षेपण गरेको छ। मन्त्रालयले उक्त प्रक्षेपणको विषयमा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा जानकारी दिएको छ। मन्त्रालयले सम्भवतः असोज १५ देखि मंसिर महिनासम्म तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको हो। ‘कोभिड–१९ को वर्तमान […]

असोजभित्र १ करोड ५ लाख खोप ल्याइने

काठमाडौँ, ११ साउन सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने सरकारको तयारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले आफैं खरिद […]

नेप्सेमा करेक्सनः सात कम्पनीको शेयरमा सकारात्म्क सर्किट

काठमाडौँ, ११ साउन आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८.२४ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५०.४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ बिन्दुले ओरालो लागेर ५७१.१० मा ओर्लेको छ । नेप्से ओरालो […]

थप तीन हजार ४२१ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ११ साउन पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या आइतबारभन्दा एक हजार १८४ ले […]

विश्व बैंकको ६० मिलियन डलर ऋण स्वीकार्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, ११ साउन सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न आयोजना सञ्चालन गर्न ऋण स्वरुप उक्त सहायता स्वीकार गर्ने निर्णय गरिएको […]

साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने

काठमाडौँ, ११ साउन पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ । छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग ९ईपीएल० मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो । काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध […]

टोकियो ओलम्पिक : व्यक्तिगत स्पर्धामा जापानी दाजु बहिनी दुवैले जिते स्वर्ण

टोकियो, ११ साउन । टोकियो ओलम्पिक २०२० मा आइतबार जापानी दाजु–बहिनीले स्वर्णपदक जितेर इतिहास रचेका छन् । निप्पोन बुदोकान हलमा आबे परिवारका हिफुमी र उताले जुडोको व्यक्तिगत स्पर्धामा स्वर्णपदक जितेका हुन् । विश्व जुडो च्याम्पियनसिप २०१८ मा समेत यी दाजु–बहिनीले स्वर्ण जितेका थिए । आबे दाजु–बहिनीले टोकियोमा पनि सोही कथा दोहोर्‍याएका हुन् । २१ वर्षीया […]

महिला स्ट्रीट स्केटबोर्डमा जापानकी १३ वर्षीया किशोरीलाई स्वर्ण

टोकियो, ११ साउन । जापानकी १३ वर्षीया मोमिजी निसियाले जारी टोकियो ओलम्पिक्स २०२० को महिला स्ट्रीट स्केटबोर्ड स्पर्धातर्फ स्वर्ण पदक जित्न सफल भएकी छिन् । सोसँगै उनी सबैभन्दा कम उमेरमा ओलम्पिक स्वर्ण पदक हात पार्ने जापानी खेलाडी बन्न पुगेकी छिन् । उक्त स्पर्धामा ब्राजिलकै अर्की १३ वर्षीया रयासा लेलले रजत पदक हात पारिन् । यस्तै, […]

निर्वाचन आयोगद्वारा जसपाको यादव पक्षलाई आधिकारिकता

काठमाडौँ, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएको छ । सोमबार आयोगमा सनाखतपछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएर आधिकारिकता भने उपेन्द्र यादव पक्षलाई दिने […]

लुम्बिनी प्रदेशसभा सदस्य मगर हराएको भन्दै उजुरी दर्ता

बुटवल, ११ साउन । लुम्बिनीकी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर हराएको भन्दै उजुरी दर्ता भएको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षकी नेत्री उनी बेपत्ता रहेको भन्दै पार्टीले आइतबार इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको हो । पाल्पाकी ढेंगा समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य चुनिएकी हुन् । सत्तारूढ एमालेले आफ्नो पक्षमा बहुमत पुर्‍याउन मगरलाई कब्जामा लिएको […]

संघीयता खारेजी र धर्म निरपेक्षता बारे जनमत संग्रह गर्नुपर्ने विवेकशील साझाका पार्टी अध्यक्ष मिश्रको प्रस्ताव

काठमाडौँ, ११ साउन । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् । “मार्ग परिवर्तन : विचारभन्दा माथि देश” दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका हुन् । उनले उक्त दस्तावेज छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका […]

जसपा आधिकारिता विवादमा निलम्बित सांसद चौधरी तटस्थ

काठमाडौँ, ११ साउन । जसपा आधिकारिता विवादमा केन्द्रीय कार्यकारिणी सदस्य एवं निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको बताए । आयोगबाट बाहिरिँदै उनले सञ्चारकर्मीहरूलाई भने, “आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र […]

ट्युनिसियामा निम्तियो राजनीतिक संकटः राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त

ट्युनिस, एजेन्सी, ११ साउन । अफ्रिकी मुलुक ट्युनियसियामा राजनीतिक संकट निम्तिएको छ । राष्ट्रपति कैस सय्यदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्दै संसद् भंग गरेपछि ट्युनिसियामा राजनीतिक संकट छाएको हो । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सरकार असफल भएको भन्दै देशभर प्रदर्शन भइरहेका बेला राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् । संसद्समेत भंग भएपछि ट्युनिसियामा ‘कु’ भएको […]

२४ घण्टामा चितवनमा १८९ जना संक्रमित थपिए, सक्रिय संक्रमित १९०३ जना

भरतपुर, ११ श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११७ जनामा पीसीआर तथा ७२ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले सोमबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि १ हजार २०६ जनाको […]

चितवनमा कोभिसिल्डको पहिलो मात्रा लगाएका २६ हजार बढीले अझै पाएनन् दोस्रो मात्रा

भरतपुर, ११ श्रावण । चितवन जिल्लामा हालसम्म कोरोना भाइरस विरुद्धका १ लाख १७ हजार ३१० डोज खोप लगाइएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबारसम्म भाइरस विरुद्धको पूर्ण मात्राको खोप प्राप्त गर्नेको संख्या २३ हजार ९३८ रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार १३ हजार १७२ जनाले कोभिसिल्ड खोपको दुवै मात्रा लगाएका हुन् । १० […]

तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ ११ साउन । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनका अनुसार सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका […]

हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोगमा पुगे रेशम चौधरी

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका निलम्बित सांसद् रेशम चौधरीलाई निर्वाचन आयोगमा झिकाइएको छ । सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला सनाखतका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको हो । आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता दिन सनाखतको काम गरिरहेको छ । सांसद् चौधरी उपेन्द्र यादव पक्षसँग खुलेका छन् । […]

छोराको कुटाइबाट बाबुको मृत्यु

इलाम, ११ साउन । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो । जिल्ला […]

अण्डाको मूल्य हालसम्मकै उच्च

नारायण अधिकारी, चितवन, ११ साउन। कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न […]

चीनमा पुनः भेटिए कोरोनाका संक्रमित

भरतपुर, ११ साउन । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ । चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ […]

बालुवाटार जग्गा काण्ड: नेपाल र भट्टराईविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं, ११ साउन ।                        पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएको छ । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन भन्दै दायर रिट सर्वोच्चले खारेज गरिदिएको हो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको […]