चितवनमा कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप लगाउने १ लाख नाघे

भरतपुर, ११ साउन ।

कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत चितवनमा सोमबार थप ११ हजार ९१९ जनाले भेरो सेलको पहिलो मात्रा लगाएका छन् । साउन १ देखि ३ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा छुट्न पुगेकालाई सोमबार खोप प्रदान गरिएको हो । छुटपुटमा परेकालाई भोलि (मंगलबार) पनि खोप दिइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

५५ वर्षमाथिका नागरिक तथा यसअघिका अभियानमा लक्षित समूहमा परेर पनि खोप लगाउन छुटेकालाई खोप दिइने कार्यालयले जनाएको छ । खोप लगाउने व्यक्तिले नागरिकता वा परिचय खुल्ने कागतपत्र देखाएर वडास्थित स्वास्थ्य केन्द्रबाट खोप लगाउन सक्ने जनाइएको छ ।

सोमबार थप खोप प्रदान गरिएसँगै जिल्लामा पहिलो मात्राको खोप प्राप्त गर्नेको संख्या १ लाख नाघेको छ । जिल्लामा हालसम्म १ लाख ५ हजार २९१ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् । त्यसमध्ये ३९ हजार ८७९ जनाले कोभिसिल्ड खोप लगाएका हुने भने ६५ हजार ४१२ जनाले भेरो सेल खोप लगाएका हुन् ।

जिल्लामा दोस्रो मात्राको समेत खोप प्राप्त गर्नेको संख्या भने २३ हजार ९३८ रहेको छ । तीमध्ये १३ हजार १७२ जनाले कोभिसिल्ड खोपको पूरा मात्रा लगाएका हुन् । अन्य १० हजार ७६६ जनाले भेरो सेल खोपको दोस्रो मात्रा प्राप्त गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट