संघीयता खारेजी र धर्म निरपेक्षता बारे जनमत संग्रह गर्नुपर्ने विवेकशील साझाका पार्टी अध्यक्ष मिश्रको प्रस्ताव

काठमाडौँ, ११ साउन ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

“मार्ग परिवर्तन : विचारभन्दा माथि देश” दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका हुन् ।

उनले उक्त दस्तावेज छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका हुन् ।

दस्तावेजका अन्य खण्ड तथा उपखण्डहरूमा संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत, संघीयता नेपालको अखण्डताको लागि घातक, नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी, किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दैछ ?, कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा ?, हिन्दू राष्ट्र र हिन्दू राष्ट्रवादबीचको अन्तर, गणतन्त्रमाथिको खतरा, महिला, मधेशी, जनजाती लगायत अल्पसंख्यक, सीमान्तकृतहरूको हकहितको सुनिश्चितता, मार्ग परिवर्तनको प्रक्रिया, वैकल्पिक राजनीतिरकल्याणकारी लोकतन्त्र के हो, के होइन ?, राजनीतिक-सामाजिक एजेण्डा, राजनीतिक-आर्थिक एजेण्डा, परिशिष्ट: भावना र भूमिका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट