अमेरिकामा कोरोना भएर अस्पताल भर्ना हुने फेरि बढे

अमेरिका, ७ असार अमेरिकामा कोभिड–१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यो समयमा ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन् । त्यसैगरी यो समयमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ । विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित […]

नेदरल्याण्डले लगायो टिकटकलाई ७ लाख ५० हजार यूरो जरिबाना

भरतपुर, ७ साउन नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् । नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, “टिकटकको एप स्थापनासम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र डच बच्चा तथाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ । “टिकटकको व्यवस्थापनले गोपनियतासम्बन्धी सूचना […]

कहाँ हराउँछन् महिला र बालिका ?

भरतपुर, ७ साउन । तीन हप्ता अघि भरतपुरबाट हराएकी गैँडाकोटकी बिना सापकोटाको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । असार १४ गतेदेखि बेपत्ता बिनाको अवस्था अहिलेसम्म अज्ञात नै रहेको उनका बुबा जयश्वर सापकोटाले बताए । बिना उनका प्रेमी प्रवेशसँगै गैँडाकोटस्थित घरबाट निस्किएकी थिइन् । “घरबाट स्कूटीमा निस्किएकी छोरी अहिलेसम्म फर्केकी छैन”, जायश्वरले भने, “केही घण्टामा ल्याइदिने भन्दै […]

कोभिड–१९ उत्पत्तिबारे थप अनुसन्धान प्रस्ताब चीनलाई अमान्य: चिनियाँ अधिकारी

बेइजिङ, ७ साउन । कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बिहीबार बताएका छन् । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेको भएपनि यसलाई चीनले अनुमति नदिने बताएको हो । चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले उक्त प्रस्तावले ‘सहज […]

छायाँदेवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस

भरतपुर, ७ साउन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत एसपी छायाँदेवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीका अनुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ […]

६० हजारको लोभले १५ वर्ष जेल: जीवनभर पश्चाताप

कोराकको समिटार

नारायण अधिकारी भरतपुर, ७ साउन । जिल्लाको कोराकका एक चेपाङले रु ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु प¥यो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उनका पश्चाताप र नैराश्यतामा बितेका छन् ।पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका–१० […]

अबदेखि बालुवाटारमा कांग्रेसले पार्टी बैठक नराख्ने

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ । गत शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट आलोचना खेपेका प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक अबदेखि पार्टी कार्यालय सानेपा वा सभापतिको निजी निवास बुढानिलकण्ठमा गर्ने बताएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने […]

नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा कार्कीले दिए उम्मेदवारी

भरतपुर, ७ साउन । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा भरतपुर महानगर कमिटीको सभापतिमा वचन कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । भरतपुरस्थित सीजी ल्याण्डमार्कमा पत्रकार सम्मेलनको आयोजना गर्दै वचन कार्कीले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । १७ हजार क्रियाशील सदस्य रहेको महानगरमा ७ हजार हाराहारीमा भोट ल्याउनेले जित्ने र युवाहरुको संख्या ६ हजार रहेकाले आफूले […]

चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

भरतपुर, ७ साउन । चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ ।अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस विभागको नेतृत्व […]

निषेधाज्ञाका बावजुद चितवन ट्राफिकद्वारा ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन

भरतपुर, ७ श्रावण । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गएको आर्थिक वर्ष २०७७–७८ मा ३ करोड ३० लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले उक्त आ.व.भरि कूल ३८ हजार ६२२ वटा कारबाहीबाट सो संख्यामा राजस्व संकलन गरेको हो । कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा संकलित राजस्व पछिल्लो तीन वटा आर्थिक […]

घर विदामा थिए भरतपुरमा गोली लागेको अवस्थामा मृत भेटिएका सेनाका हुद्दा

भरतपुर, ७ साउन । पश्चिम चितवनको शारदानगरमा गोली लागेको अवस्थामा मृत भेटिएका नेपाली सेनाका एक हुद्दा घर विदामा रहेको नेपाली सेनाले जनाएको छ । भरतपुर महानगरपालिका–१७ सिमलडाँडास्थित नहरमा ३६ वर्षीय भरत गुरुङको शव भेटिएको हो । धादिङको निलकण्ठ नगरपालिका स्थायी घर भएका गुरुङ महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौँमा कार्यरत थिए । नेपाली सेनाका […]

कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध फाइजर र एस्ट्राजेनेका खोप प्रभावकारी

भरतपुर, ७ साउन । फाइजर र एस्ट्राजेनेकाको दुवै मात्राको खोप लगाउँदा डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी हुने पाइएको छ । बुधबार “न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिन”मा प्रकाशित एक अध्ययनले फाइजरको पहिलो मात्रा ३६ प्रतिशतसम्म र एस्ट्राजेनेकाको पहिलो मात्रा ३० प्रतिशत प्रभावकारी देखिएको तथ्य सार्वजनिक गरेको हो । साथै फाइजरको दुवै मात्रा लक्षणसहितको डेल्टा भेरियन्टविरुद्ध ८८ प्रतिशत र […]

सबैलाई माफी दिँदै ओलीले भने – आउनुहोस्, एकजुट भएर काम गरौं

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरित अहिलेसम्म जसले जे गरेको भए पनि सबै माफी गरिदिने बताएका छन् । बिहिबार पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् । ‘ पुष्पलाललाई साक्षी राखेर भन्छु- सबैलाई माफी छ, आउनुहोस् अब सबै मिलेर […]

भारतमा कालो ढुसीका कारण ४ हजार बढीको मृत्यु, नेपालमा पनि सावधानी अपनाउनुपर्ने

भरतपुर, ७ साउन । भारतमा कालो ढुसी अर्थात् ब्ल्याक फंगसको संक्रमणबाट ४ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । खासगरी कोरोना संक्रमितमा देखिने कालो ढुसीबाट अहिलेसम्म भारतमा ४५ हजार ३ सय ७४ जना संक्रमित भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मनसुख माण्डवीयले जानकारी दिएका छन् । कालो ढुसीले नाक, आँखा र मस्तिष्कमा असर पुऱ्याउने […]

वैशाखयता प्राकृतिक तथा अन्य विपद्का कारण देशभर १४५ जनाको मृत्यु

काठमाडौँ, ७ साउन । देशभर पछिल्लो ४ महिनाको अवधिमा प्राकृतिक तथा अन्य विपद्का कारण १४५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि हालसम्मको अवधिमा बाढी, पहिरो, चट्यांग, आगलागी लगायतका विपद्मा परेर १४५ जनाले ज्यान गुमाएका हुन् । सबैभन्दा बढी चट्यांगका कारण ३८ जनाको मृत्यु भएको […]

चीनबाट थप ८ लाख मात्रा भेरो सेल खोप नेपाल ल्याइयो

काठमाडौँ, ७ साउन । सरकारले चीनसँग खरिद गरेको ४० लाख डोज भेरो सेल खोपमध्येको ८ लाख डोज खोप काठमाडौँ आइपुगेको छ । बेइजिङबाट खोप लिएर उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज (9N-ALY) बिहीबार दिउँसो २ः०७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सोसँगै हालसम्म चीनसँग खरिद गरिएकोमध्ये १६ लाख मात्रा खोप नेपाल आइसकेको छ […]

चितवन जिल्लामा फेरि एक हप्ताका लागि निषेधाज्ञा थप

भरतपुर, ७ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको समयावधि पुनः थप गरेको छ । गत वैशाख १६ गतेको मध्यरातदेखि लागू गरिएको निषेधाज्ञालाई थप ७ दिनका लागि निरन्तरता दिइने निर्णय प्रशासनले गरेको हो । सो निर्णयसँगै जिल्लामा निषेधाज्ञा साउन १४ गते मध्यरातसम्मका लागि लम्बिने भएको छ […]

दुई हप्ता बित्दा पनि खुलेन सडक

दमौली, ७ साउन । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभ¥याङ, […]