वैशाखयता प्राकृतिक तथा अन्य विपद्का कारण देशभर १४५ जनाको मृत्यु

काठमाडौँ, ७ साउन ।

देशभर पछिल्लो ४ महिनाको अवधिमा प्राकृतिक तथा अन्य विपद्का कारण १४५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि हालसम्मको अवधिमा बाढी, पहिरो, चट्यांग, आगलागी लगायतका विपद्मा परेर १४५ जनाले ज्यान गुमाएका हुन् ।

सबैभन्दा बढी चट्यांगका कारण ३८ जनाको मृत्यु भएको छ । ३२ जनाको पहिरोमा परि ज्यान गएको छ भने २७ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण ३६ वेपत्ता छन् भने ३३५ जना घाइते भएका छन् । १ हजार ५७४ परिवार विपद्का कारण प्रभावित भएका छन् ।

पछिल्लो ४ महिनामा मात्रै १ हजार २४१ वटा घटनाका कारण ५९ करोड ७५ हजार रुपैयाँ भन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट