छायाँदेवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस

भरतपुर, ७ साउन ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत एसपी छायाँदेवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीका अनुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको हो ।

त्यस्तै, नेपाली प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक रामेश्वर अधिकारीलाई पनि प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट