सबैलाई माफी दिँदै ओलीले भने – आउनुहोस्, एकजुट भएर काम गरौं

काठमाडौं, ७ साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरित अहिलेसम्म जसले जे गरेको भए पनि सबै माफी गरिदिने बताएका छन् ।

बिहिबार पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् । ‘ पुष्पलाललाई साक्षी राखेर भन्छु- सबैलाई माफी छ, आउनुहोस् अब सबै मिलेर काम गराैँ ।’ ओलीले भने ।

सबै मिलेर आन्दोलनलाई एकीकृत बनाउन सकिने ओलीले बताए ।

ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट