नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा कार्कीले दिए उम्मेदवारी

भरतपुर, ७ साउन ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा भरतपुर महानगर कमिटीको सभापतिमा वचन कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । भरतपुरस्थित सीजी ल्याण्डमार्कमा पत्रकार सम्मेलनको आयोजना गर्दै वचन कार्कीले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

१७ हजार क्रियाशील सदस्य रहेको महानगरमा ७ हजार हाराहारीमा भोट ल्याउनेले जित्ने र युवाहरुको संख्या ६ हजार रहेकाले आफूले उम्मेद्वारी घोषणा गरेको कार्कीले बताए । उनले आफूले युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएको बताए । विद्यार्थी कालबाट राजनीति सुरु गरेका कार्कीले महानगरमा युवा लक्षित कार्यक्रम ल्याउने प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनले कांग्रेसका सूचनालाई एकीकृत गर्न एप बनाउने जानकारी दिए । आफ्नो नेतृत्वमा कांग्रेसलाई थप शसक्त योजनासहित उम्मेद्वारी घोषणा गरेको कार्कीले बताए ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १२ मा हुने कार्यतालिका रहेको छ । त्यसअघि साउन १२ गते नगर र वडाका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको भएपनि साउन २० का लागि सारिएको छ । तर, यो मिति पनि सरेर साउनको अन्तिम सातासम्म अधिवेशन सम्पन्न हुन सक्ने कांग्रेसीहरुको विश्वास छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट