सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रको आह्वान

काठमाडौँ, ६ साउन । सरकारलाई प्रभावकारी रूपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रले आह्वान गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरू तुरुन्तै तय गर्न सत्ता गठबन्धनलाई आह्वान गरेको हो । आह्वानसँगै माओवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम तय गर्न […]

प्रधानमन्त्री देउवा र चन्दबीच भेटवार्ता

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (चन्द समूह) बीच छलफल भएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पक्षबीच ओली सरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन र नेकपाका नेता कार्यकर्ताको रिहाईबारे छलफल भएको हो । देशको राजनीतिक समस्याको विषयमा बहस गर्दै जाने विषयमा छलफल भएको भन्दै चन्द समूहका नेता खड्गबहादुर विश्वकर्माले […]

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडौँ, ६ साउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् । पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि यस्तो प्रस्ताव गरेका हुन् । ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी […]

देशभर २४ घण्टामा २८३८ जना संक्रमित थपिए, ३० जनाको मृत्यु पुष्टि

भरतपुर, ६ श्रावण । नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका ८ हजार ७१५ परीक्षणमा १ हजार ९१८ तथा एन्टिजेन विधिबाट गरिएका ३ हजार ९०१ परीक्षणमा ९२० जनामा संक्रमण पुष्टि […]

२४ घण्टामा चितवनका अस्पतालमा ३ जना संक्रमितको मृत्यु

भरतपुर, ६ श्रावण । पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले बुधबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्टका अनुसार भरतपुर अस्पतालमा २ र चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना संक्रमितको ज्यान गएको हो । मृतकमध्ये दुई जना चितवनका हुन् भने अन्य एक […]

२४ घण्टामा चितवनमा १९३ जना संक्रमित थपिए, २ जनाको मृत्यु

भरतपुर, ६ श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप १९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३३ जनामा पीसीआर तथा ६० जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ३९९ जनाको स्वाब संकलन […]

नहरमा डुबेर दुई किशोरको मृत्यु

भरतपुर, ६ साउन । नहरमा डुबेर दुई किशोरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका- २ क्षेत्रपुरका वर्ष १६ का अंकित जोशी र वर्ष १४ का विवेक शर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार दिउँसो करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा किक्रेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने […]

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौँ, ६ साउन ।                             नेकपा(माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तीव्र पार्ने निष्कर्ष निकाल्दै माओवादीले केन्द्रीय कमिटी साउन २० र स्थायी कमिटीको बैठक साउन १७ गते बोलाउने निर्णय गरेको हो । माओवादी केन्द्रको बुधबार बसेको […]

निस्तो भात खाने प्रजा परिवारलाई सहयोग जुट्यो

भरतपुर, ६ साउन । चितवनको कुसुमखोलाका प्रजा परिवारले निस्तो भात खानु नपर्ने भएको छ । खानेकुराको अभावमा रहेका यी परिवारको बारेमा केही दिन अगाडि समाचार सार्वजनिक भएसँगै उनीहरुलाई खाद्यान्न सहयोग मिलेको हो । मितेरी फाउण्डेशन नेपालकी उपाध्यक्ष अनिता खनालले समाचार सुनेपछि आफ्नो व्यक्तिगत खर्चमा चामल, नुन, तेल, दाल, मस्यौरा, आलु, चिउरा, दालमोठ, सलाई सहित एक […]

कोरोनाबाट ज्यान गुमाउने ४१ लाख नाघे (बढी ज्यान गुमाउने देशको सूचीसहित)

भरतपुर, ६ साउन कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड १४ लाख ४८ हजार ९१४ जना रहेका छन । विश्वभर तीन अर्ब […]

लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता

मकवानपुर, ६ साउन आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो […]

विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालका पाँच खेलाडी

काठमाडौँ, ६ साउन जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्र्दैछन् । यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औँ गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा […]

१८ वर्ष माथिका सबैलाई जोन्सन एन्ड जोन्सन खोप

काडमाडौँ, ६ साउन कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिनुभयो । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा […]

अझै पाइएन आमाको नाममा नागरिकता

काठमाडौँ, ६ साउन संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका–५ निवासी यवेश अधिकारीले पटकपटक प्रयास गर्दा पनि अहिलेसम्म आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाउनुभएको छैन । महिला, कानून र विकास मञ्चले आज जुम प्रविधिबाट आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो […]

चीनमा बाढीका कारण १२ जनाको मृत्यु, एक दर्जनभन्दा धेरै सहर प्रभावित

काठमाडौं, ६ साउन। मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् । सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको सडक […]

कथा : आकर्षण

गोरो वर्ण l आकर्षक शारीरिक बनावट । ओठमा कलेजी कलरको लिपिस्टिक । आँखामा कालो गगल्स लगाएकी,सेतो टिसर्ट र कालो पाईन्टमाअग्लो हिलमा टकटक आवाजका साथ एउटी सुन्दरी म बसेको कुर्सीको ठिक विपरीत आमने सामने रहनेगरी आएर बसिन् । उनको शरिरबाट महङ्गो बिदेशी अत्तरको सुवासना सिधै मेरो नाकमा आएर ठोकिन पुगेपछि हो मैले उनीतर्फ आफ्नो नजर तेर्साएको […]

बाघको छालासहित दुई पक्राउ

देउखुरी, ६ साउन । बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए । अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी […]

चौथो लहर आएको दक्षिण कोरियामा २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमित

सोल ६ साउन। कोरोना भाइरस कोभिड १९ को चौथो लहर देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरूले मंगलबार त्यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरू बढिरहेको बताएको जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड-१९ का सङ्क्रमितहरू एकै दिनमा अहिलेसम्मकै सबैभन्दा […]

वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु

भरतपुर ६ साउन । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु हुनेमा सबैभन्दा बढी बाघ र […]

कविता र कलाको जीवन्त प्रयोग गर्ने चित्रकार

काठमाडौँँ, ६ साउन चित्रले धेरै कुरा भनिरहे झैँ वा बोलिरहे झैँ लाग्ने गरी क्यान्भास रङ्ग््याउन सिद्धहस्त नेपाली आधुनिक चित्रकलाका मुर्धन्य व्यक्तिको नाम हो उत्तम नेपाली । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गठनका बेला प्राज्ञसभा सदस्य छनोट सिफारिस समितिको सदस्यसमेत हुनुभएका नेपाली जीवनको उत्तराद्र्धमा लाग्दा रोगले थलिनुभयो । सकुञ्जेल जीवनलाई क्यान्भासबाट टाढा जान दिनुभएन । क्यान्भासलाई त्यही […]

बाढी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु

सिन्धुपाल्चोक, ६ साउन हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु भएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो । मङ्गलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता […]

चितवनमा दोब्बर बढे दुर्घटना

भरतपुर, ६ साउन जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन् । अघिल्लो आवमा २६१ सवारी दुर्घटना भएका थिए । गत आवमा दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ […]

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

जनकपुरधाम, ६ साउन जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु […]

८१ केजी गाँजासहित ट्रक चालक पक्राउ

  मकवानपुर, ६ श्रावण । मकवानपुर प्रहरीले ८१ किलो ३ सय ५० ग्राम लागूऔषध गाँजासहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । हेटौंडा–नारायणघाट सडकखण्डअन्तर्गत मनहरी गाउँपालिका–८ सिमपानीबाट उक्त परिमाणको गाँजा बरामद भएको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालले जानकारी दिए […]

रकम असुलेको आरोप लागेपछि पथलैयाका सबै ११ प्रहरी तानिए

भरतपुर , ६ साउन । सार्वजनिक सवारीसाधनका चालकसँग रकम असुलेको आशंकामा बाराको पथलैयास्थित प्रहरी चौकीमा कार्यरत सबै प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहित त्यहाँ कार्यरत ११ जनाको टोलीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हो । उनीहरूको ठाउँमा ११ जनाको नयाँ टोली खटाइएको बाराका प्रहरी प्रवक्ता डीएसपी […]

राजदूत आचार्यको फोन पेगासस सूचीमा

भरतपुर, ६ साउन । विश्वभरका ५० हजारभन्दा बढी फोन नम्बरमा अवैध रूपमा प्रवेश गरेको पेगासस स्पाइसवेअरले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसहित विभिन्न देशका कूटनीतिज्ञ, पत्रकार, नेता र अभिन्यताहरूको फोन ह्याक गरेर सम्भावित निगरानी गरेको हुनसक्ने खुलासा भएको छ । इजरायलको एनएसओ ग्रुपले निर्माण गरेको पेगासस सफ्टवेरमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारका आलोचक र […]

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ, ६ साउन । बकर इद (ईद उज अजहा) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए।नेपाल मुश्लिम संघले गृहमन्त्री बालकृष्ण खाँणलाई बकर इदमा बिदा दिन ध्यानाकर्षण गराएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले […]

आजको मौसम: केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ६ साउन। आज लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । आज राति भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । अहिले देशभर बदली रही प्रदेश १ र गण्डकी प्रदेशलगायतका केही […]