आजको मौसम: केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ६ साउन।

आज लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ ।

आज राति भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । अहिले देशभर बदली रही प्रदेश १ र गण्डकी प्रदेशलगायतका केही स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । बिहीबार राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै शुक्रबार देशभर बदली हुने छ भने धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, गण्डकी तथा बागमती प्रदेशका केही भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट