रकम असुलेको आरोप लागेपछि पथलैयाका सबै ११ प्रहरी तानिए

भरतपुर , ६ साउन ।

सार्वजनिक सवारीसाधनका चालकसँग रकम असुलेको आशंकामा बाराको पथलैयास्थित प्रहरी चौकीमा कार्यरत सबै प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।

प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहित त्यहाँ कार्यरत ११ जनाको टोलीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हो ।

उनीहरूको ठाउँमा ११ जनाको नयाँ टोली खटाइएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए ।

“रकम नै उठाएको प्रमाण त भेटिएको छैन । गाईंगुईं हल्ला भने सुन्न थालियो”, उनले भने, “कारबाही गर्न होइन । धेरै जनाको परिवर्तन गर्ने समय पनि पुगिसकेको थियो । सोधपुछका लागि पुरै टोलीलाई झिकाएका छौं ।”

प्रदेश ट्राफिक कार्यालयमाथि पनि छानबिन सुरु भएको प्रहरी स्रोतले जनाएको छ । प्रदेश ट्राफिक कार्यालय पथलैयामा भने केन्द्रीय प्रहरी विभागका टोलीले अनुसन्धान गर्ने भएको छ ।

राजमार्गको व्यस्त चोक पथलैयामा दुवै कार्यालयले सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको चेकजाँच गर्दै आएका छन् । अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, तस्करी नियन्त्रण, हातहतियार लगायत संवेदनशील विषयको चेकजाँच छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको गुनासो माथिल्लो निकायसम्म पुगेको थियो ।

निषेधाज्ञामा पासविना गुडेका यात्रुवाहक बससँग दुवै चेकपोस्टले दुई दुई हजार रुपैयाँसम्म लिने गरेको यातायात व्यवसायीहरूले बताउँदै आएका छन् ।

दुवै चेक पोस्टले गैरकानूनी रूपमा शूल्क लिएपछि यातायात व्यवायीले त्यो रकम सर्वसाधारणबाटै असुल्दै आएका थिए । यात्रुले चर्को भाडादरमा यात्रा गर्नु परिरहेको गुनासो गर्दै आएका थिए ।

(आइलानखबर डट कम बाट)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट