नहरमा डुबेर दुई किशोरको मृत्यु

भरतपुर, ६ साउन ।
नहरमा डुबेर दुई किशोरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका- २ क्षेत्रपुरका वर्ष १६ का अंकित जोशी र वर्ष १४ का विवेक शर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार दिउँसो करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा किक्रेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अंकित पनि बेपत्ता बनेका थिए ।
प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा २०० मिटर पर नहरबाट उद्दार गरि दुबैजनालाई उपचारको लागि भरतपुर अस्पताल पुर्‍याएको थियो ।
अस्पतालले दुबै जनाको मृत्यु भएको जानकारी गराएको प्रवक्ता थापाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट