८१ केजी गाँजासहित ट्रक चालक पक्राउ

 

मकवानपुर, ६ श्रावण ।

मकवानपुर प्रहरीले ८१ किलो ३ सय ५० ग्राम लागूऔषध गाँजासहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । हेटौंडा–नारायणघाट सडकखण्डअन्तर्गत मनहरी गाउँपालिका–८ सिमपानीबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको विशेष टोलीले बिहान पौने ३ बजे ना. ८ ख ८२८४ नम्बरको ट्रकभित्र सो परिमाणमा गाँजा फेला पारेको हो ।

ट्रक चालक नेगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(इकान्तिपुर/जिल्ला प्रहरी कार्यालय, मकवानपुरको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट