काठमाडौँ, ६ साउन । नेकपा(माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तीव्र पार्ने निष्कर्ष निकाल्दै माओवादीले केन्द्रीय कमिटी साउन २० र स्थायी कमिटीको बैठक साउन १७ गते बोलाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरू मार्फत् अगाडी बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिवद्धताहरू तय गर्न आह्वान गरेको हो ।





