सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रको आह्वान

काठमाडौँ, ६ साउन ।

सरकारलाई प्रभावकारी रूपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रले आह्वान गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरू तुरुन्तै तय गर्न सत्ता गठबन्धनलाई आह्वान गरेको हो । आह्वानसँगै माओवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम तय गर्न पार्टीकोतर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन दिएको छ ।

“गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रममार्फत अगाडि बढ्नुपर्ने भएकाले गठबन्धनमा सम्मिलित पार्टीहरू भएर न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरू तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ । त्यसै अनुसार कार्यदलका सदस्यहरूलाई निर्देशन दिइएको छ”, नेता नारायणकाजी श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार गठबन्धनका शीर्ष नेताबीच न्यूनतम साझा कार्यक्रमको गृहकार्य गर्ने समझदारी भएको छ । यद्यपि औपचारिक रूपमा कार्यदलको गठन भने नभएको उनले बताए ।

नेता श्रेष्ठले बैठकमा मन्त्रिपरिषद्मा पठाउने नामबारे छलफल नभएपनि सरकारले छिट्टै पूर्णता पाउने बताए । ‘गठबन्धनका सबै दल र समर्थन गरेका सांसदहरूसँग छलफल भइरहेको छ । सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व हुने गरी सरकारलाई पूर्णता दिन उपयु्क्त हुन्छ । त्यसकारण गठबन्धनका सबै शक्तिहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिने निर्णय गर्छौं,’ श्रेष्ठले भने ।

(इकान्तिपुर डट कमको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट