सञ्चालनमा आयो तातोपानी नाका, चीनतर्फका दुबै नाका सुचारु

काठमाडौँ, १८ असोज । लामो समयदेखि बन्द रहेको चीनसँगको ताताेपानी नाका आइतबारदेखि सञ्चालनमा आएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीट गरेर तातोपानी नाका आजदेखि खुला भएको जानकारी दिएकी छन् । २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षति पुगेपछि तातोपानी नाका बन्द रहेको थियो । याङ्छीले नेपाल र चीनको संयुक्त पहलबाट उक्त नाका […]

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार

बुटवल, १८ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् । काठमाडौंबाट भैरहवा विमानस्थल आएका मुख्यमन्त्री कडा सुरक्षाबीच बुटवल आउँदै गर्दा बुटवलको राजमार्ग चौराहानजिकै मिलनचोकमा उनको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार भएको हो । मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएको र मुख्यमन्त्री पोखरेल सामान्य घाइते भएको नेकपा मुख्य […]

हैदराबादलाई हराउँदै मुम्बई तालिकाको शीर्ष स्थानमा फर्कियो

भरतपुर, १८ असोज । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आइतबार खेलिएको पहिलो खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । उसले हैदराबादलाई ३४ रनले पराजित गरेको हो । मुम्बईले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन मात्रै बनाउन सक्यो । उसका लागि जोनी बेयरस्टोले २५ रनको पारी खेल्दा अर्का […]

वृद्धाश्रममा खाना खुवाएर लघुकथा वाचन कार्यक्रम

भरतपुर, १८ असोज । नमस्ते आधुनिक लघुकथा मञ्चको `लघुकथा सँगसँगै मानवसेवा´ कार्यक्रम अन्तर्गत रोटरी करुणालयका ज्येष्ठ नागरिकहरूलाई खाना खुवाएपछि १० लघुकथाहरू सुनाएर सम्पन्न भएको छ । मञ्चले शनिबार देवघाटस्थित रोटरी करुणालय वृद्धाश्रममा रहेका ३८ जना र आश्रम बाहिर रहेका करिब ७० जना बेसाहरालाई एकदिनको खाना खुवाउन १० हजार रूपैयाँ सहयोग गरेको हो । वृद्धाश्रमकै भोजनालयमा […]

सर्लाहीका कोरोना संक्रमितको सिएमसीमा मृत्यु

भरतपुर, १८ असोज । चितवनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ८ का ४७ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको सिएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । कलेजोको समस्या भएका ती पुरुष असोज १५ गते अस्पताल भर्ना भएकोमा कोरोना परिक्षण गर्दा १७ गते रिपोर्ट पोजेटिभ आएको थियो […]

लायन्स र लियो क्लबद्वारा हात धुने धारा जडान

खैरहनी, १८ असोज । लायन्स क्लब अफ चितवन इस्ट र लियो क्लब अफ चितवन इस्टले खैरहनीका तीन ठाउँमा हात धुने धारा जडान गरेका छन् । खैरहनी नगरपालिका कार्यालय सहित खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर स्वास्थ्य चौकीमा ती दुई संस्थाले कोरोना नियन्त्रणका लागि हात धुने धारा जडान गरेका हुन् । नगरपालिकामा जडान गरिएको धारा लायन्स […]

पछिल्लो २४ घण्टामा थपिए २२५३ संक्रमित

भरतपुर, १८ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितसँगै नेपालमा हाल कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको छ । […]

३९५ दिनपछि हेमन्त शर्माको स्वरमा अर्को डुएट गीत सार्वजनिक (भिडियो सहित)

भरतपुर, १८ असोज । गायक हेमन्त शर्माको स्वर रहेको “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक भएको छ । शर्माले आइतबार अपराह्न ४ बजे आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो प्रिमियर गरेका हुन् । अघिल्लो वर्ष मात्रै वनमारा बोलको लोक दोहोरी गीतमा स्वर भरेका शर्माले यस पटक आधुनिक विधाको दोहोरी (डुएट) गीत पस्किएका हुन् […]

आइपिएलमा आज मुम्बई विरुद्ध हैदराबाद र चेन्नई विरुद्ध पञ्जाब भिड्दै

भरतपुर, १८ असोज । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीमा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इण्डियन्स विरुद्ध सनराइजर्स हैदराबाद उत्रँदै छ भने दोश्रो खेलमा चेन्नई सुपर किंग्स र किग्स इलवेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बई र हैदराबादबीचको खेल शारजाह मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुँदैछ । जारी प्रतियोगितामा दुवै टोलीले […]

प्रतिस्पर्धात्मक खेलमा दिल्ली विजयी

भरतपुर, १८ असोज । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराति खेलिएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराएको हो । युएईको शारजाह मैदानमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछ्याउन उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१० रन मात्रै बनाउन सक्यो । कोलकत्तालाई लक्ष्यसम्म लैजान इयोन मोर्गन […]

माडीमा गैंडा लखेट्न खोज्दा करेन्ट लागेर एक जनाको मृत्यु

भरतपुर, १८ असोज चितवनको माडीमा गैंडा धपाउन खोज्दा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । माडी नगरपालिका–६ हरिनगरका ६० वर्षीय सुकदेव महतोको गैंडा धपाउन खोज्दा वन्यजन्तु धपाउनका लागि बिच्छाइएको तारको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा विहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ […]

नेपालमा बैदेशिक सहायताको स्थिति

बैदेशिक सहायता र यसको अभ्युदय अबिकसित मुलुकको विकास निर्माणकालागि बिकसित मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरु द्वारा प्रदान गरिने अनुदान तथा ऋण, प्राविधिक एवं बस्तुगत सहायता आदि बैदेशिक सहायता हुन । शुरुमा बैदेशिक सहायताको प्रादुर्भाव युरोपको पुनर्निमाण गर्नको लागि भएको थियो । बैदेशिक सहायताले सो पुनर्निर्माणको काम पुरा पनि गर्यो । शुरुमा सहायता रकम युद्धबाट ध्वस्त बनाईएका […]

भरतपुर अस्पतालमा उपचाररत जुटपानीका कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर, १८ असोज भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका–७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आइतबार विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । असोज १६गते साँझ ६।०० बजे उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उपचारका सबै उपायहरु […]