भरतपुर अस्पतालमा उपचाररत जुटपानीका कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर, १८ असोज
भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका–७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आइतबार विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

असोज १६गते साँझ ६।०० बजे उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उपचारका सबै उपायहरु गर्दागर्दै विहान ६ः३५ बजे उनको मृत्यु भएको पौडेलले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म चितवनका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट