भरतपुर, २९ वैशाख ।
भरतपुर महानगरपालिका – ५ कल्याणपुरस्थित स्मल हेभन स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये दुई जनाले ४ जीपीए प्राप्त गरेका छन् भने ३५.७ प्रतिशत विद्यार्थीले ३.६० भन्दा माथिको जीपीए ल्याएर उत्तीर्ण हुन सफल भएका छन् ।
विद्यालयले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा कायम राख्न सफल भएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गुणस्तरीय शिक्षा, नियमित अध्ययन अभ्यास र शिक्षक–अभिभावकको समन्वयका कारण विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको हो ।
विद्यालय प्रशासनले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।





