सनराइज स्कुल भरतपुरका युचनले ल्याए ४ जीपीए

चितवन, २९ वैशाख ।
भरतपुर–४ स्थित सनराइज इंग्लिस सेकेन्डरी स्कुलले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।

विद्यालयका विद्यार्थी युचन सापकोटाले ४ जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाउनुभएको छ ।

त्यस्तै, विद्यालयबाट ४७ जना विद्यार्थीले ए प्लस तथा ४६ जनाले ए ग्रेड प्राप्त गरेका छन् । विद्यालयका अनुसार ९ जना विद्यार्थीले ३.९ वा सोभन्दा माथिको जीपीए ल्याउन सफल भएका छन् ।

उत्कृष्ट नतिजासँगै विद्यालयले गुणस्तरीय शिक्षामा आफ्नो प्रतिबद्धता पुनः प्रमाणित गरेको जनाएको छ । विद्यालय सह – प्रधानाध्यापक भूमीराज तिवारीले विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त मेहनत र समर्पणका कारण उल्लेखनीय सफलता हासिल भएको प्रतिक्रिया दिनुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट