भरतपुर, १८ असोज
चितवनको माडीमा गैंडा धपाउन खोज्दा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
माडी नगरपालिका–६ हरिनगरका ६० वर्षीय सुकदेव महतोको गैंडा धपाउन खोज्दा वन्यजन्तु धपाउनका लागि बिच्छाइएको तारको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा विहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासको बस्तीहरुमा वन्यजन्तुबाट क्षति हुन नदिन सीमा क्षेत्रमा विद्युतीय तार प्रयोग गर्ने गरिएको छ ।





