सञ्चालनमा आयो तातोपानी नाका, चीनतर्फका दुबै नाका सुचारु

काठमाडौँ, १८ असोज ।
लामो समयदेखि बन्द रहेको चीनसँगको ताताेपानी नाका आइतबारदेखि सञ्चालनमा आएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीट गरेर तातोपानी नाका आजदेखि खुला भएको जानकारी दिएकी छन् ।

२०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षति पुगेपछि तातोपानी नाका बन्द रहेको थियो । याङ्छीले नेपाल र चीनको संयुक्त पहलबाट उक्त नाका सञ्चालनमा आएको सुन्दा खुसी लागेको बताएकी छन् ।

यससँगै चीनसँगका मुख्य दुई नाका तातोपानी नाका र रसुवाको केरुङ नाका नियमित सञ्चालन हुने भएका छन् । तातोपानी नाका बन्द हुँदा चीनसँगको आयात निर्यात प्रभावित हुँदै आएको थियो ।
राजदूत याङ्छीले नेपालीहरुलाई दशैँको शुभकामनासमेत दिएकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट