भरतपुर, १८ असोज ।
चितवनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ८ का ४७ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको सिएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
कलेजोको समस्या भएका ती पुरुष असोज १५ गते अस्पताल भर्ना भएकोमा कोरोना परिक्षण गर्दा १७ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड कक्षमा राखेर उपचार गर्दै गर्दा साँझ ५:३५ बजे ती पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।





