सप्तरीमा थप १ संक्रमितको मृत्यु

भरतपुर, १३ भदौ । सप्तरीकी थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । राजविराज नगरपालिका २ का ६० वर्षीया महिलाको शनिबार राति उपचारका लागि विराटनगर लग्ने क्रममा बाटैमा मृत्यु भएको हो । ती महिलामा लामो समयदेखि ज्वरो देखिएको थियो । उनले केही दिनयता राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् । उनको अवस्था थप गम्भीर […]
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द

भरतपुर, १३ भदौ (रासस) नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको हो । जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पिसिआर परीक्षण […]
एसियन किशोरी पावर क्याम्पमा नेपाली किशोरीलाई दोस्रो र तेस्रो स्थान

भरतपुर, १२ भदौ ताईवानमा सम्पन्न भएको एसियन किशोरी पावर क्याम्पमा नेपालबाट सहभागी भएका किशोरीहरुले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । अगष्ट २८ र २९ गरी २ दिनसम्म अनलाईन जुम मार्फतबाट सञ्चालन भएको उक्त कार्यक्रममा ८ देशका ७० बढी किशोरीहरू सहभागी रहेकोमा नेपालबाट १४ किशोरीहरु थिए । अनलाईन मार्फतबाट सञ्चालन भएको उक्त […]
चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीका कोरोना संक्रमित वृद्धको मृत्यु

भरतपुर, १३ भदौ चितवन मेडिकल कलेजमा थप एक व्यक्तिको शनिबार कोरोना संक्रमणबाट मृत्यु भएको छ । नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय वृद्धको साँझ ५ः५० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषको भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । ती पुरुषको शनिबार दिउँसो मात्र कोरोना […]
आइसोलेसनमा बसेकालाई किताब

देवचुली, १३ भदौ परिवर्तनका लागि युवा नेपालले आफ्नो संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई किताब उपलब्ध गराएको छ । तेह्रौं पुस्तकालय दिवसको सन्दर्भ पारेर चिकित्सालयमा स्वास्थ्य लाभ गरिरहेकाहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले किताब उपलब्ध गराइएको परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईंले बताए । संस्थाले किताब संकलनका लागि फेसबुकबाट आह्वान गरेको थियो […]
चितवनका ६१ सहित नयाँ ६५ जनामा कोरोना पुष्टि

भरतपुर, १३ भदौ । चितवन जिल्लामा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा भदौ १२ गते परीक्षण गरिएका १९६ मध्ये ६५ वटा नमूनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका माइक्रोबायोलोजिष्ट नवीन कुमार चौधरीका अनुसार भरतपुर महानगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरको वडा नं-४ […]
काठमाडौं उपत्यकामा १८६ जना संक्रमित थपिए

भरतपुर, १३ भदौ पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन् । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मुलुकभर […]
मुलुकभर ६ हजार ४४५ जना होम आइसोलेसनमा

भरतपुर, १३ भदौ मुलुकभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । मुलुकका १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित मध्ये ६ हजार ४ सय ४५ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३ हजार ८ सय […]
दुई स्वास्थ्य चौकी प्रमुख सहित १२ जनामा कोरोना संक्रमण

भरतपुर, १३ भदौ । चितवनको खैरहनी नगरपालिकाका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धुलिखेल कोरोना परीक्षण प्रयोगशाला, काभ्रेमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालले जनाएको छ । संक्रमित हुनेमा २ जना स्वास्थ्यकर्मी रहेका छन् । कठार स्वास्थ्य चौकी र कुमरोज स्वास्थ्य चौकीका प्रमुख सहित १२ जनामा संक्रमण देखिएको खैरहनीका […]
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो

भरतपुर, १३ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो । यो कूल कोरोना पुष्टि भएका संक्रमितको संख्याको ०.५५ प्रतिशत हो । शुक्रबार पनि देशभर १२ जनाले कोरोनाका कारण नै ज्यान गुमाउन पुगेका थिए । भदौ […]
इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ट्वान्टी-२० पनि रद्द

भरतपुर, १३ भदौ । इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ट्वान्टी-२० रद्द भएको छ । शुक्रबार राति खेलिएको खेलमा वर्षा हावि हुँदा पहिलो पारी समेत पूरा हुन पाएन । म्यानचेष्टरको ओल्ड ट्रायफोर्ड मैदानमा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्न मैदान उत्रिएको इंग्ल्यान्डले १६.१ ओभरमा ६ विकेट गुमाएर १ सय ३१ […]
चितवनमा थप एकको कोरोनाका कारण मृत्यु

भरतपुर, १३ भदौ । शनिबार बिहान मात्रै चितवनमा थप एक जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएकी छिन् । संक्रमितको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका – ५ की ४९ वर्षीया महिला रहेकी छिन् । शिक्षण अस्पतालमा शुक्रबार बिहान मात्रै […]
वीरगन्जका थप तीन संक्रमितको मृत्यु

भरतपुर, १३ भदौ । पर्साको वीरगन्ज महानगरपालिकाका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १२ मुर्लीका ६५ वर्षीय महिला, वीरगन्ज– १२ का ४३ वर्षीय पुरुष र वीरगन्ज– २२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् । मनियारीका ३७ वर्षीय पुरुषलाई गएराति थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट […]
कोरोनाका कारण धेरैले ज्यान गुमाउने मुलुकको सूचीमा भारत तेस्रो

भरतपुर , १३ भदौ । ( एजेन्सी ) कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा आइपुगेको छ । शुक्रबार भारतमा १ हजार १८ जनाको मृत्यु भएसँगै भारत तेस्रो नम्बरमा परेको हो । भारतमा ६२ हजार ७ सय १३ संक्रमितको मृत्यु भएको छ । भारतभन्दा अगाडि अब ब्राजिल र अमेरिकामात्र छन् । जोन्स […]