दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द

भरतपुर, १३ भदौ (रासस)

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । 

केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको हो ।

जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले त्यसको नतिजा नआउन्जेलसम्मका लागि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको नगरप्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिए । 

सेवा बन्द गरेर केन्द्रको निर्मलीकरण गर्ने काम भइरहेको समेत उनले बताए । पछिल्लो समय पूर्वीनवलपरासीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट