सप्तरीमा थप १ संक्रमितको मृत्यु

भरतपुर, १३ भदौ ।

सप्तरीकी थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । राजविराज नगरपालिका २ का ६० वर्षीया महिलाको शनिबार राति उपचारका लागि विराटनगर लग्ने क्रममा बाटैमा मृत्यु भएको हो । ती महिलामा लामो समयदेखि ज्वरो देखिएको थियो । उनले केही दिनयता राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् । उनको अवस्था थप गम्भीर भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब संकलन गरिएको थियो ।

शनिबार उनमा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा उनको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

स्रोतः इकान्तिपुर

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट