चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीका कोरोना संक्रमित वृद्धको मृत्यु

भरतपुर, १३ भदौ
चितवन मेडिकल कलेजमा थप एक व्यक्तिको शनिबार कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय वृद्धको साँझ ५ः५० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषको भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । ती पुरुषको शनिबार दिउँसो मात्र कोरोना पुष्टि भएको थियो ।

यसअघि शनिबार विहान चितवन मेडिकल कलेजमै बाराकी एक महिलाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट