वीरगन्जका थप तीन संक्रमितको मृत्यु

 

भरतपुर, १३ भदौ ।
पर्साको वीरगन्ज महानगरपालिकाका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १२ मुर्लीका ६५ वर्षीय महिला, वीरगन्ज– १२ का ४३ वर्षीय पुरुष र वीरगन्ज– २२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

मनियारीका ३७ वर्षीय पुरुषलाई गएराति थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौँ रिफर गरिएको थियो । गम्भीर बिरामी रहेका उनको आज काठमाडौं लाँदै गर्दा मुग्लिङ नजिकै बाटोमै मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिएका हुन् ।

यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको पनि गएराति १२ बजेतिर उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको छ । हेपाटाइटीस बि र एचआइभीका विरामी रहेका ती पुरुष हिजो साँझ नेशनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल भर्ना भएका थिए ।

यस्तै हिजो साँझ साढे ५ बजेतिर वीगन्ज– १२ मुर्ली निवासी ६५ वर्षीय महिलाको पनि नारायणी अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप रहेकी ती महिलामा वाइड जीन एक्सर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा.चौरसियाले जानकारी दिए ।

स्रोत: रेडियो कान्तिपुर

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट