दुई स्वास्थ्य चौकी प्रमुख सहित १२ जनामा कोरोना संक्रमण

भरतपुर, १३ भदौ ।
चितवनको खैरहनी नगरपालिकाका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धुलिखेल कोरोना परीक्षण प्रयोगशाला, काभ्रेमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालले जनाएको छ । संक्रमित हुनेमा २ जना स्वास्थ्यकर्मी रहेका छन् । कठार स्वास्थ्य चौकी र कुमरोज स्वास्थ्य चौकीका प्रमुख सहित १२ जनामा संक्रमण देखिएको खैरहनीका मेयर लालमणि चौधरीले बताए ।

संक्रमितहररू २७ देखि ६५ उमेर समूहका रहेको अस्पतालले जनाएको छ । संक्रमितमध्ये ९ जना पुरुष हुन् भने बाँकी तीन जना महिला रहेका छन् । महिलाहरू २४, ४६ र ४९ वर्ष उमेरका रहेका छन् । अन्य २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण देखिएका केहीलार्इ टरौली आइसोलेसनमा राखिएको छ भने अन्यलाई होम आइसोलेसनमा राखिएको मेयर चौधरीले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट