कोरोनाका कारण धेरैले ज्यान गुमाउने मुलुकको सूचीमा भारत तेस्रो

 

भरतपुर , १३ भदौ । ( एजेन्सी )
कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा आइपुगेको छ । शुक्रबार भारतमा १ हजार १८ जनाको मृत्यु भएसँगै भारत तेस्रो नम्बरमा परेको हो । भारतमा ६२ हजार ७ सय १३ संक्रमितको मृत्यु भएको छ । भारतभन्दा अगाडि अब ब्राजिल र अमेरिकामात्र छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ लाख ८१ हजार ७ सय ४ र ब्राजिलमा १ लाख १९ हजार ५ सय ४ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ६२ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा सबैभन्दा धेरै महाराष्ट्रमा ३ सय ३१ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या २३ हजार ७ सय ७५ पुगेको छ । यसैगरी, कर्नाटकमा १ सय ३६, तमिलनाडुमा १ सय २, आन्ध्र प्रदेशमा ८१, उत्तर प्रदेशमा ७७ र पश्चिम बंगालमा ५६ जनाको मृत्यु भएको छ । हाल भारतमा ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ ।

भारतमा शुक्रबार पनि ७६ हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ अब संक्रमितको ३४ लाख ६१ हजारभन्दा बढी पुगेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट