इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ट्वान्टी-२० पनि रद्द

भरतपुर, १३ भदौ ।
इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ट्वान्टी-२० रद्द भएको छ । शुक्रबार राति खेलिएको खेलमा वर्षा हावि हुँदा पहिलो पारी समेत पूरा हुन पाएन । म्यानचेष्टरको ओल्ड ट्रायफोर्ड मैदानमा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्न मैदान उत्रिएको इंग्ल्यान्डले १६.१ ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाउँदा वर्षाले खेल रोकेको हो ।

त्यस क्रममा टम ब्यान्टनले ४२ बलमा ७१ रन बनाए । उनी ट्वान्टी-२० क्रिकेटमा इंग्ल्यान्डका लागि अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने । सो क्रममा उनले ४ चौका र ५ छक्का प्रहार गरे । त्यसै गरी डेविड मलानले २३ र कप्तान इयोन मोर्गनले १४ रन बनाए । पाकिस्तानका तर्फबाट इमाद वसीमले २, सदाब खानले २ तथा इफ्तिकार एहमेदले १ विकेट चट्काए ।
यी दुई टोलीबीचको दोश्रो ट्वान्टी-२० खेल आइतबार म्यानचेष्टरमा हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट