भरतपुर, १३ भदौ
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन् । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
मुलुकभर हालसम्म २० हजार ५ सय ५५ जना निको भएर घर फर्किएका छन् भने १६ हजार ५७८ संक्रिय संक्रमित छन् । ६४४५ जना होम आइसोलेसनमा छन् भने १०१४५ संस्था आइसोलेनसमा छन् ।
आज ३१३ निको भएर डिस्चार्ज छन् हालसम्म ५५ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्। आज ११ हजार ५१६ जनाको पिसिआर परीक्षण भएको छ भने हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा छन् ।





