‘बरू पानी मात्रै पिउँला, गाडीमा घर लगिदिनुस्’

लेखराम सापकोटा भरतपुर, ५ बैशाख सरकारले लकडाउनका अवधिमा पैदल हिँडेर कतै जान रोक लगाए पनि चितवनको बाटो भएर पूर्व-पश्चिम जानेहरूको लहर आज पनि रोकिएन । काठमाडौं तथा आसपासका जिल्लामा मजदुरी गर्नेहरू लकडाउनकै कारण बिचल्ली भएर यसरी आफ्नै घर फर्किरहेका छन् । “रासनपानी सकियो, राहत पाएको पनि सकियो, सबैतिर बन्द छ”, सिन्धुपाल्चोकबाट हिँडेरै नारायणगढ आइपुगेका बर्दियाका […]
बहरानइनमा एकै दिन २७ जना नेपाली कामदारमा कोरोना संक्रमण

काठमाडौं, ५ वैशाख बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ। […]
बाहिर निस्कनुपरे पूर्वजानकारी गराउनु, प्रहरीको कामप्रति गुनासो भए खबर गर्नु: चितवन प्रहरी

भरतपुर, ५ वैशाख जिल्ला प्रहरी कार्यालय चितवनले ड्यूटीमा रहेका प्रहरीको काम कारबाहीको विषयमा गुनासो भएमा खबर गर्न आग्रह गरेको छ । चितवन प्रहरीका प्रमुख नान्तीराज गुरुङले साँझ विज्ञप्ती जारी गर्दै प्रहरीको काम कारबाहीमा गुनासो भए सम्बन्धित प्रहरी कार्यालयका प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई खबर गर्न भनेका छन् । जिल्ला प्रशासन कार्यालयले हिजो जारी गरेको […]
भारतमा एकैदिन १ हजार ७ नयाँ संक्रमित, ज्यान गुमाउने ४३७ पुगे

नयाँ दिल्ली, ५ वैशाख (रासस÷एएनआई) गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ७४९ जना भने […]
अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना

वासिङ्टन डिसी, ५ वैशाख (रासस–एपी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गर्नु भएको छ । “मेरो प्रशासनले नयाँ संघीय निर्देशिका जारी गरेको छ । यसबाट राज्यका गभर्नरहरूलाई चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउन मद्दत पुग्नेछ,” ट्रम्पले भन्नुभएको छ । यद्यपि नयाँ निर्देशिकामा यसअघि कायम […]
बेलायतमा लकडाउन तीन हप्ता थपियो

लन्डन, ५ वैशाख (रासस–एएनआई) बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताउनुभएको छ । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहनु भएका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गर्नु भएको हो । उहाँले भन्नुभयो, “आपतकालीन अवस्थाका लागि वैज्ञानिक सल्लाहकार समूहले तत्काल लकडाउन हटाउँदा […]
विश्व मुद्रा कोषले पाकिस्तानलाई १३० करोड डलर सहायता दिने

वासिङ्टन, ५ बैशाख (रासस–एएनआई) अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन गरेको छ । कोषद्वारा जारी विज्ञप्तिमा कोरोनाभाइरसको महामारीको प्रकोपका कारण सिर्जित भुक्तानी सन्तुलनको समस्या हटाउन कोषको कार्यकारी बोर्डले पाकिस्तानलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको […]
अलपत्र परेका नागरिकहरुलाई तत्काल घर पुर्याउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ५ वैशाख सर्वोच्च अदालतले आफ्नो गन्तव्यमा जाने क्रममा अलपत्र परेका नागरिकहरुलाई तत्काल उनीहरुको घर पुर्याउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले उनीहरुलाई घरसम्म पुग्ने सवारीसाधनको बन्दोबस्त गर्न पनि सरकारलाई आदेश दिएको हो । आदेशअनुसार सरकारले उनीहरुलाई निशुल्क रुपमा घरसम्म पुर्याउनुपर्नेछ । घरतर्फ हिँडेका उनीहरुलाई […]
कविता: कोरोना र मानव नियति

लिएर अकाल मृत्युको चुले निम्तो यत्र तत्र सर्वत्र डुलेको छ कोरोना स्वीकार्दैन मानव तेरो कालकूटरुपी निम्तो तर अदृश्य बनेर तँ सुटुक्क निम्तो दिएर वायुवेगमा सयर गर्दै छस् निकै लालयित छस् तहसनहस पार्न सुन्दर सृष्टि तेरो मृत्यरुपी निम्तोबाट उन्मुक्ति पाउन भाग्दाभाग्दै निरीह छिछि अनि दुर्दुरको पात्र बनेको छु म औँसीको निस्पट्ट रातमा हिँड्दाहिँड्दै बगरमा गन्तव्य नभेटेपछि […]
चीनले कोरोना भाइरसका मृतकको संख्या सच्यायो

वैशाख ५/चिनियाँ अधिकारीहरूले नोबल कोरोना भाइरसबाट मृत्यु हुनेहरूको संख्या सच्याएको बताएका छन् । उनीहरूले शुक्रबार वुहानमा मृत्यु हुनेको संख्यामा परिमार्जन गर्दै एक हजार २ सय ९० जना थप गरेका हुन् । सच्याइएको तथ्यांकसहित वुहानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ पुगेको छ । ती अधिकारीहरूले संक्रमितको संख्यामा पनि परिमार्जन गर्दै […]
उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ

विराटनगर, ५ वैशाख उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। उनीहरुको स्वाब परीक्षणका […]
गम्भीर संकटको संकेतः भोलि भोकै मर्नु नपरोस्

विनोदबाबु रिजाल कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण लकडाउन गरिएको आज २५ औं दिन । जति–जति दिन बढ्दैछन्, नागरिकले भोग्नुपर्ने समस्या पनि बढ्दैछ । सबैका लागि कोरोनाबाट बच्नु नै प्राथमिक कुरा हो । तर, यसबाट बच्नभन्दा पनि भोको पेटलाई कसरी भर्ने भन्ने समस्या प्रधान भएर आइरहेको छ । तत्कालीन समस्या कसरी समाधान गर्ने भनेर सरकार […]
कविता: लकडाउन, अनी पैदल यात्री

आवगमन बन्द अनि श्रमजिवी आम जनताको पैदल यात्रा, खै सरकार जानकार छैन कि, सरोकार राख्दैन पत्रकार सम्मेलन हुन्छ दिनहुँ, खोइ किन बोल्दैन खाध्यान्न राहत गर्दैछ जोहो, टन का टन तर खोइ कसका लागि पेटको सवाल छ हिँड्दैछन् भोकै घर खोज्दै पैदल, देशका लागि ।। जोखिम कती छ मान्छेबाट, नत रोक्न सक्छौ नत गर्न व्यवस्था । […]
इच्छाकामना गाउँपालिकामा अलपत्र मजदूरको उद्धार

इच्छाकामना, ५ वैशाख(रासस) कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ । गाडीमा आएकालाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्रीलाई सामान झारेर फर्कदै गरेका ढुवानीका गाडीमा राखेर गन्तव्यतर्फ पठाउन थालेको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले आफ्नो गाउँपालिकामा आइ पुगेका सबैको उद्धार […]
बजार नपाए पछि बोटमै पाक्न थाले केरा

भरतपुर, ५ वैशाख(रासस) लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन् । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए । जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका अनुसार बजार बन्द भएपछि छिप्पिएका केरा बारीमै पाक्न थालेका […]
चेपाङ् गाउँमा कोरोना कहर: पिउने पानी छैन केले हात धुनु ?

भरतपुर, ५ वैशाख कोरोना भाइरसको महामारी बढ्दै जाँदा सरसफाईलाई यसबाट बच्ने पहिलो र महत्वपूर्ण उपाय भनिएको छ । साबुन पानीले नियमित हात धुनु, स्यानीटाइजर, मास्कको प्रयोग गर्नु कोरोना भाइरसबाट बच्ने उपाय हुन् । तर हाम्रा कतिपय गाउँ यस्ता छन् जहाँ मास्क र स्यानीटाइजर त धेरै परको कुरा भयो हात धुनलाई पानी सम्म छैन । चितवनको […]
पर्यटन क्षेत्रलाई पुनः उत्थान गरौँ: पर्यटनविज्ञ विश्वराज सुवेदी

कोरोना भाइरस महामारिका कारण पर्यटन क्षेत्र पनि प्रभावित छ । होटल तथा रेष्टुरेण्ट, पदयात्रा, ट्राभल एण्ट टुर लगायतका पर्यटकीय गतिविधि रोकिएका छन् । भरतपुर महानगरले देश–विदेशका पर्यटकीय गन्तव्यसँग समन्वय गर्दै पर्यटन प्रर्वद्धनको योजना बनाएको थियो । तर, भ्रमण वर्षका देशभरका सबै कार्यक्रम स्थगीत भइसकेको अवस्था छ । भरतपुरमा सूर्यास्तदेखि सूर्योदय अवलोकन गर्न मिल्ने ठाउँहरु छन् […]
मेडिकल सामग्री लिएर आए निगमका दुवै वाइडबडी

भरतपुर, ५ वैशाख नेपाल वायुसेवाका दुई वाइडबडी जहाज कोरोना भाइरस रोगको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने मेडिकल सामग्री लिएर काठमाण्डौं आइपुगेका छन् । हिजो साँझ ग्वाङ्झाओतर्फ लागेका दुई एयरबस ए३३०–२४३ मोडलका वाइडबडी जहाजहरू आज बिहान नेपाल आइपुगेका हुन् । विदेशी नागरिकलाई स्वदेश लैजान तथा मेडिकल सामग्री ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका जहाजहरूले लकडाउनका […]
र्यापिड टेष्टमा एन्टिवडी पोजेटिभ देखिएका चितवनका २ जनाको संकास्पद नमूना काठमाडौंमा परीक्षण हुँदै

भरतपुर, ५ वैशाख र्यापिड टेष्टको क्रममा एन्टिवडी पोजेटिभ देखिएको चितवनको राप्ती नगरपालिकाकी महिलासहितका २ जनाको नमूना थप परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । अस्ति गरिएको र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुको भरतपुरस्थित ल्याबमा पीसीआर परीक्षण गरिएको थियो । यहाँको परीक्षणमा पोजेटिभ देखिएपछि काठमाडौं पठाइएको दाबी केही संचार संस्थाले गरेका छन् । तर ल्याब तथा […]
बेलायतमा लकडाउनको समय तीन हप्ता थपियो

५ चैत/बेलायतमा लकडाउनको समय तीन हप्ता थप गरिएको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (काेभिड १९) थप फैलिन नदिन कम्तीमा तीन हप्ता लकडाउन थप्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाकाे सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् । कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आए, सङ्क्रमितको […]
कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद भएपछि ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

काठमाडौं, ५ वैशाख कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद भइरहेको बेला ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका छन् । राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका हुन् । दुवै नेताहरुको मतभेद आइतबार सार्वजनिक भएको थियो । कोरोना संक्रमण फैलिन नदिने उपायबारे स्वास्थ्यमन्त्री मनडेटाले एक टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने अभिव्यक्ति […]