पर्यटन क्षेत्रलाई पुनः उत्थान गरौँ: पर्यटनविज्ञ विश्वराज सुवेदी

विश्वराज सुवेदी

कोरोना भाइरस महामारिका कारण पर्यटन क्षेत्र पनि प्रभावित छ । होटल तथा रेष्टुरेण्ट, पदयात्रा, ट्राभल एण्ट टुर लगायतका पर्यटकीय गतिविधि रोकिएका छन् । भरतपुर महानगरले देश–विदेशका पर्यटकीय गन्तव्यसँग समन्वय गर्दै पर्यटन प्रर्वद्धनको योजना बनाएको थियो । तर, भ्रमण वर्षका देशभरका सबै कार्यक्रम स्थगीत भइसकेको अवस्था छ । भरतपुरमा सूर्यास्तदेखि सूर्योदय अवलोकन गर्न मिल्ने ठाउँहरु छन् । पहाडदेखि तराईको अनूभूति दिने गन्तव्यहरु छन् । तर, आजभोली यी गन्तव्य सुनसान छन् । भरतपुर महानगरका पर्यटन विज्ञ सल्लाहकार तथा सह–प्राध्यापक विश्वराज सुवेदीसँग भरतपुर र समग्र चितवनको पर्यटन अवस्थाबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ सुवेदीसँग गरिएकोे कुराकानीः

अल्पकालीन योजनामा सरकारले व्यवसायीको बैंक ऋण किस्ता अवधिविस्तार गर्ने, कम्तिमा असार मसान्तसम्मको किस्ता पर सार्ने, व्याजदर घटाउने, कर तथा घरभाडामा छुट प्रदानगर्ने, दैनिक सञ्चालनगर्दा खर्च तिर्न सक्ने नभए सम्म अथवा व्यवसायी टाट पल्टिने अवस्था सृजना हुन नदिन विशेष राहात प्याकेज प्रदान गर्नुपर्दछ । तर सक्षम व्यवसायीले यस विपतको घडिमा सरकारलाई विशेष आर्थिक सहयोग गर्नुपर्दछ ।

कोरोनाको विश्वव्यापी सन्त्रास फैलिएसँगै पर्यटन क्षेत्रमा कस्तो प्रभाव परेको छ ?

विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीले विकसित तथा विकासोन्मुख सबै राष्ट्रलाइ आर्थिक, सामाजिक तथा राजनैतिक असर पु¥याएकोे छ । सबैभन्दा बढी पर्यटन क्षेत्रलाई संकटमा पारेको छ । कोभिड–१९ लाई नियन्त्रण गर्न सुरुमै बन्द ( लकडाउन) गरिएकाले हवाई सेवा, सडक, यातायात सेवा, जलमार्गबाट आवतजावतमा प्रतिबन्ध लगाइयो । यसले होटल, रिसोर्ट, लज, रेस्टुरेण्ट होमस्टे, ट्राभल एजेन्सी आदिले ठुलो नोक्सानी व्यहोर्नु परेको छ । लाखौं रोजगारी कटौती भएको छ भने कृर्षकहरुको खाद्यान्न दूध, माछा, मासु, फलफुल, तरकारी सबैकोबजार घटेर मन्दीको अवस्था सुरुवात भएको छ । नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटक हवाइमार्गबाट आगमन भएको थियो भने सन् २०१९ मा ११ लाख ९७ हजार बाह्य पर्यटक भित्रिएका थिए । जसबाट व्यवसायी र सरकारले अर्बौ आम्दानी गरेका थिए । तर, यो वर्ष भने ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरी २० लाखपर्यटक भित्राउने लक्ष्य लिइएका थियो । तर, पर्यटक आउनेजाने अनुकुल समय छैन । जसका कारण यो वर्ष विदेशी पर्यटक आउने अवस्था छैन । यसबाट पर्यटन व्यवसायीलाई समस्या हुने अवस्था छ । सरकारले पनि अर्वौ राजश्व नोक्सान व्यहोर्नुपर्ने अवस्था सृजना भएको छ । जसबाट आगामी वर्ष पर्यटन क्षेत्रले कुलग्राहस्थ उत्पादन ८ प्रतिशत योगदान गर्ने आशाबाट राष्ट्र वञ्चित हुनुपर्नेछ ।

यो वर्ष पर्यटन क्षेत्र थलिएपनि आगामी वर्ष पर्यटन पूर्वाधारमा स्थानीय तहले यथेष्ट ध्यान दिन सके रोजगारी र आयआर्जन सृजना गर्ने बाटो खोल्न सक्नेछन् ।

पर्यटन क्षेत्रमा परेको संकट हटाउन के कस्ता कार्य गर्नुपर्दछ ?

विगतमापनि सार्स, इभोला, इन्फ्ल्यूजा, डेङगु, सोनामी, युद्ध, बाढी, पहिरो भूकम्प, नाकाबन्दी आदिले थलिएको पर्यटन क्षेत्र थलिएका थिए । सरोकारवालाको सामूहिक प्रयासबाट उत्थान भएको थियो । त्यसैले यस कोरोनामहामारीले ध्वस्त पारेको पर्यटन क्षेत्र सरकारी तथा नीजि क्षेत्रको सामूहिक प्रयासबाट योजनाबद्व कार्य गरी पुर्नउत्थान हुन सक्छ । अल्पकालीन योजनामा सरकारले व्यवसायीको बैंक ऋण किस्ता अवधिविस्तार गर्ने, कम्तिमा असार मसान्तसम्मको किस्ता पर सार्ने, व्याजदर घटाउने, कर तथा घरभाडामा छुट प्रदानगर्ने, दैनिक सञ्चालनगर्दा खर्च तिर्न सक्ने नभए सम्म अथवा व्यवसायी टाट पल्टिने अवस्था सृजना हुन नदिन विशेष राहात प्याकेज प्रदान गर्नुपर्दछ । तर सक्षम व्यवसायीले यस विपतको घडिमा सरकारलाई विशेष आर्थिक सहयोग गर्नुपर्दछ ।
दीर्घकालिन योजना अन्र्तगत पूर्वाधार विकास, नयाँपर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रर्वद्वन, सौन्दर्यकरणमा बृद्वी, नयाँ पयटकीय क्रियाकलापको विकास, डिजिटल प्रविधिको प्रयोग गरि राष्ट्रीय तथा अन्तराष्ट्रीय बजारमा बजारीकरण, नयाँबजारको विस्तारका रणनीतिहरु तर्जुमा गरी नीजि तथा सरकारी तहबाट संयुक्त रुपमा कार्यान्वयन गर्नुपर्दछ । तसर्थ चितवन जिल्लाको सातओटा तहमा भएका अलग–अलग गन्तव्यहरुको आन्तरिक बजार कहाँ हो ? बाह्य कुन–कुन राष्ट्रमा प्रर्वद्वन गर्ने हो ? पहिचान गरि हरेक तहका पर्यटन योजना तर्जुमा गरी पर्यापर्यटन, सांस्कृतिक पर्यटन, स्वास्थ्यपदमार्ग पर्यटन, खेल पर्यटन आदिको आकर्षक टुर प्याकेज बनाएर नयाँप्रचार सामाग्री सहित लक्षित बजारमा प्रर्वद्वनगर्दै पर्यटन क्षेत्रमा देखिएका संकटहरु समाधान गरी पुनःपहिलेको अवस्थामा ल्याउन सकिन्छ ।

चितवनका पर्यटकीय आकर्षण के–के छन् ?

समग्र चितवनको पर्यटकीय आकर्षणहरुलाई पाँचवटा बजारमा खण्डिकरण गरिएको छ । पहाडी क्षेत्रमा सिराइचुली, उपरदाङगढी, जलविरे, लामो झरना, सिन्तीझरना, चौकी डाँडाजस्ता गन्तब्यहरु पर्दछन् जहाँ ट्रेकिङ, सूर्यौदय एव्म् हिमश्रृङखलाको दृश्यावलोकन, चेपाङ संस्कृति अवलोकन, ऐतिहासिक गढी, गुफा, लालिगुराँस यहाँका प्रमुख आकर्षणहरु हुन् । विश्वसम्पदा सूचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार सौराहाक्षेत्र अन्र्तगत बाघमारा, कंकाली, कठार जस्ता गन्तव्यहरु पर्दछन्, जहाँ जंगल सफारी, जिप सफारी, ढुंगा सयर आदी पर्यटकीय क्रियाकलापहरु प्रख्यात छन् ।
सभासम्मेलन, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटनका क्रियाकलापहरु हुने भरतपुर –देवघाट क्षेत्रमा विसहजारी ताल, गणेशधाम, ज्ञानेश्वर ब्लक, नारायणी रिभर विचमोडल आदी गन्तव्यहरु पर्दछन् । तीनतिरबाट निकुञ्ज तथा नारायणी र राप्तीनदिले घेरिएको मेघौली क्षेत्र नेपालमा सर्वप्रथम जंगलसफारी सुरुवातभएको पर्यटकीय गन्तव्य हो, जस अन्तरगत पटिहानी, जगतपुर, गोलाघाट जस्ता गन्तव्यहरु पर्दछन् । गोही, दुर्लबवन्यजन्तु, चराचुरुङगी तथा सूर्यास्त दृश्यावलोकन एवम् आदिबासीका संस्कृतिले सम्पन्न यस क्षेत्र जलपर्यटनका दृष्ट्रिले पनि उत्तिकै महत्वपूर्ण छ । राइनोपार्क, अम्व्रेला स्ट्रिट, संग्राहलय, टावर, बहुजातीय सांस्कृतिक भवन यहाँका नयाँ पर्यटकीय उत्पादनहरु हुन्। त्यसैगरी कृषि र पर्यापर्यटनको उर्भरभूमी माडीक्षेत्र धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । पाँच पाण्डव, सोमेश्वरगढी, बैकुण्ठ ताल, शहिदपार्क, यहाँका प्रमुख गन्तव्यहरु हुन् ।
नेपाल सरकारले घोषणा गरेको १०० ओटा गन्तव्यहरुमा विसहजारी ताल, पटिहानी तथा सोमश्वर गढी ३ ओटा चितवन जिल्लामा पर्दछन् बाग्मती प्रदेश सरकारले १० ओटा जिल्लाहरुमध्ये छनौट गरेका १० उत्कृष्ट गन्तव्यमा मेघौली सूचिकृत भएको छ । यसले आन्तरिक तथा बजारमा चितवनको पर्यटन प्रर्वद्वनगर्न सहयोग पुगेको छ । हरेक स्थानीयतहमा फरक फरक विशेषताभएका गन्तव्य भएकाले योजनाबद्ध तरिकाले पहिचान गरिएका ६० ओटा गन्तव्यको पूर्वाधार विकास तथा प्रर्वद्धनकालागि स्थानीय सरकार तथा नीजि क्षेत्र लाग्नुपर्दछ ।

चितवनको पर्यटन पूर्वाधारको अवस्था कस्तो छ ? आगामी वर्ष के गर्नुपर्ला ?

नेपालको केन्द्र भागमा अवस्थित चितवन जिल्लापर्यटकीय दृष्टिले केन्द्रीय राजधानी काठमाण्डौ, माछापुच्छ्रेको काखमा अवस्थित पोखरापछिको महत्वपूर्ण गन्तव्यहो । दुई तिहाई भन्दा बढी बनजंगलले ढाकेको विभिन्न जातजातीको फुलबारी चितवन मा वि.सं. २०१३ सालदेखि पूर्वाधार विकास भइरहेको छ । तर, ७ ओटा स्थानीयतह अन्र्तगत पहिचान गरिएका ६० ओटा गन्तव्यहरुमध्ये कतिमा पूर्वाधार विकासभएको छैन । सौन्दर्यकरण, संरक्षण र प्रवद्वनको अभावमा १०/१२ ओटा गन्तव्यहरुको मात्रप्रचार प्रसार भएको छ । हवाई, स्थलतथाजलमार्गबाट समेत आउन सकिने चितवन जिल्ला भौगोलिक रुपमा काठमाण्डौ, पोखरा, लुम्विनी, र जनकपुरको बीचमाअवस्थित छ । प्रस्तावित ठोरी केरुङ मार्गको केन्द्रविन्दु यस जिल्लाका स्थानीयतहहरुले रिङरोड, लिंकरोड, हुलाकी रोड, लगायत सडक स्तरोन्नती गरेकाछन् । हवाई मैदानविस्तार हुदैछ भने जलयात्रा सुरु हुदैछ । त्यसैगरी विद्युत, संचार, खानेपानी स्वास्थ्य, शिक्षाप्रविधि सबै क्षेत्रको विकास भइरहेको छ । यस दृष्टिकोणबाट पूर्वाधारको विकास सन्तोषजनक मान्नुपर्दछ । यो वर्ष पर्यटन क्षेत्र थलिएपनि आगामी वर्ष पर्यटन पूर्वाधारमा स्थानीय तहले यथेष्ट ध्यान दिन सके रोजगारी र आयआर्जन सृजना गर्ने बाटो खोल्न सक्नेछन् ।

पर्यटन विकासमा नीजिक्षेत्रको भूमिका कस्तो छ ?

समग्र पर्यटन र विकासको कुरा गर्दा भौतिक पूर्वाधार विकास र नीति नियम तर्जुमा गर्न सरकारको महत्वपूर्ण भूमिका हुन्छ भने सेवा व्यापारमा नीजि क्षेत्रकै भूमिका रहन्छ । चितवनको सन्र्दभमा उद्योग वाण्ज्यि संघ चितवन, च्याम्बर अफ कर्मस, चितवन उद्योग संघ, होटल व्याव्सायीहरु, पर्यटन विकास समितिहरु, पत्रकारहरु सबैको पर्यटन विकासमा उल्लेखनीय भूमिका देखिन्छ । नीजि क्षेत्रले आफ्नो संघ संगठनका वार्षिक योजना बनाएर पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन् । गन्तव्यको संरक्षण, प्रर्वद्वन तथा पूर्वाधार विकासको लागि सरकारसँग राम्रो समन्वय तथा सहकार्य देखिन्छ । विशेष गरी प्रचारसामाग्री प्रकाशन सौन्दर्यकरण बृद्वी, प्रर्दशनी, मेलामहोत्सव, क्षमताअभिबृद्वी, तालिम, स्थानीयप्रदेश र केन्द्रीय सरकार संग समन्वय आदीमा निजी क्षेत्रको सक्रिय भूमिका रहेको छ । आगामी वर्ष सहकार्य अझ बढाउनुपर्छ । यो वर्ष पर्यटन पूर्वाधारका धेरै योजना अलपत्र परेका छन् । ती, योजनालाई आगामी वर्ष निरन्तरता दिनुपर्छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका नयाँ कार्यक्रम बनाउनुपर्छ । तबमात्र सुस्ताएको पर्यटन क्षेत्रले गती लिन सक्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट