भरतपुर, ५ वैशाख
जिल्ला प्रहरी कार्यालय चितवनले ड्यूटीमा रहेका प्रहरीको काम कारबाहीको विषयमा गुनासो भएमा खबर गर्न आग्रह गरेको छ । चितवन प्रहरीका प्रमुख नान्तीराज गुरुङले साँझ विज्ञप्ती जारी गर्दै प्रहरीको काम कारबाहीमा गुनासो भए सम्बन्धित प्रहरी कार्यालयका प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई खबर गर्न भनेका छन् ।
जिल्ला प्रशासन कार्यालयले हिजो जारी गरेको सूचनालाई प्रभावकारी कार्यान्वयन गराउन प्रहरीले अतिआवश्यक आवागमनमा मात्रै छुट दिने जनाएको छ । मौरीपालन, माछापालन, पशुपालन र केराखेतीलगीयतका कामदारको आवागमन, किटनाशक र भेटेरिनरीजन्य औषधि ल्यउन/लैजान आवश्यक परेमा पूर्व जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।
यसकालागि प्रहरी कार्यालयको टेलिफोन नम्बर ०५६-५२०१५५, ५२४२४९ वा मोवाइल नम्बर ९८५५०९०१३३ वा १०० मा सम्पर्क गरेर जानकारी गराउन भनेको छ ।
यसैबीच आज लकडाउन उल्लंघन गर्ने २२ जनालाई होल्डमा राखिएको प्रहरीले जनाएको छ । साथै लकडाउन उल्लंघन गर्ने १ सय २३ वटा मोटरसाइकल र स्कुटरको चाबी नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रबक्ता एकनारायण कोइरालाले जानकारी दिए ।





