बहरानइनमा एकै दिन २७ जना नेपाली कामदारमा कोरोना संक्रमण

काठमाडौं, ५ वैशाख
बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ। नयाँ संक्रमितको विस्तृत जानकारी आएको छैन।

त्यस्तै शुक्रबार यूएईमा ६ र कुवेतमा थप एक नेपाली संक्रमित भएको पुष्टि भएको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट