
देवचुली -५ नवलपुर
आवगमन बन्द
अनि श्रमजिवी आम जनताको पैदल यात्रा,
खै सरकार जानकार छैन कि, सरोकार राख्दैन
पत्रकार सम्मेलन हुन्छ दिनहुँ, खोइ किन बोल्दैन
खाध्यान्न राहत गर्दैछ जोहो, टन का टन
तर खोइ कसका लागि
पेटको सवाल छ
हिँड्दैछन् भोकै घर खोज्दै पैदल, देशका लागि ।।
जोखिम कती छ मान्छेबाट, नत रोक्न सक्छौ नत गर्न व्यवस्था ।
सरकार के का लागि,
करका लागि कि भोटका लागि
उफ् मजदुरको अवस्था ।।
बाध्यताको कुम्लो बोकेर, हिँड्दैछ मजदुर पैदल नत बास छ न त बस ।
परिवर्तनको ढोल पिटेर,
भोगाउँदैछौ मजदुर माथि यो यस्तो सकस ।।
किन पो दिन्थे त्यहाँका राहत मजदुरहरुलाई, जब भोट लिस्टमा नामै छैन ।
भोट लिस्टमा नाम नहुनेलाई राहत दिएर त्यहाँ कामै छैन ।।
बस नचल्ने यात्रा नहुने, पटकपटक जात्रा किन हुने ।
सक्थ्यौ गर्न, चाहेनौ खैर के भयो
तर पैदल यात्रा किन हुने ।।
सोच्दैछ सरकार, हिँडेर कोरोना सर्दैन वा यसले माखो मर्दैन ।
जतासुकै जाउ जे सुकै गर
हिंड्नेबाट हाम्लाई कोरोना सर्दै सर्दैन ।।
गर्दैछन् सेवा, कोही मानवहरु बाटोमै भेटेर, धिक्कार्दैछन् मजदुर मेरो सरकार भनेर
हिँड मनुवा हिँड, ठेला पर्नेगरी हिँड,
देश लकडाउनमा छ
तिम्रालागी गाडी चलाऊन मिल्दैन
अब के गर्छौ हाम्रो दयालु सरकार
चस्मा खोलेर निदाइरहेछ अनी राहत बाँडीरहेछ ।।
(सामाजिक अभियन्ता लामिछाने बेटर नवलपरासीका संयोजक तथा युथ फर चेन्ज नेपालका उपसभापति हुन् ।)





