भरतपुर, ५ वैशाख
र्यापिड टेष्टको क्रममा एन्टिवडी पोजेटिभ देखिएको चितवनको राप्ती नगरपालिकाकी महिलासहितका २ जनाको नमूना थप परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
अस्ति गरिएको र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुको भरतपुरस्थित ल्याबमा पीसीआर परीक्षण गरिएको थियो । यहाँको परीक्षणमा पोजेटिभ देखिएपछि काठमाडौं पठाइएको दाबी केही संचार संस्थाले गरेका छन् । तर ल्याब तथा भरतपुर अस्पतालले यसको आधिकारिक पुष्टि गरेका छैनन् ।
ती महिला चैत पाँच गते लण्डनबाट नेपाल आएकी थिइन् । हिजो गरिएको परीक्षणका क्रममा अन्य ३४ जनाको रिपोर्ट भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
यसअघि बुधबार रत्ननगरमा एक पुरुषमा आरडीटी पोजेटिभ देखिएकोमा स्वाबको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।





