भरतपुरको कोरोना परीक्षण ल्याबको पहिलो नतिजा:२१ वटै स्वाबको रिपोर्ट नेगेटिभ

भरतपुर, २४ चैत भरतपुरमा पहिलो पटक गरिएको कोरोना भाइरस(कोभिड १९) परीक्षणको रिपोर्ट आएको छ । भरतपुरस्थित पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा ल्याइएको ल्याबमा गरिएको परीक्षणका क्रममा २१ वटै स्वाबको रिपोर्ट नेगेटिभ आएको हो । भरतपुर कोरोना विशेष अस्पतालबाट पठाइएको १६ वटा र रत्ननगरको गुञ्जमान सिंह हस्पिटलबाट लगिएको एउटा स्वाबको हिजो परीक्षण गरिएको थियो । बाँकी ४ […]
दुबईमा नेपाली महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

काठमाडौं, २४ चैत संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। […]
जय पृथ्वी, जय ब्रम्हाण्ड
मनोज घिमिरे भरतपुर, २४ चैत सन् २०२० को आगमनसंगै सिङ्गो विश्वले हर्षोल्लासका साथ नयाँ वर्षलाई स्वागत गर्दै थियो । हरेक देशले इश्वी नयाँ वर्षमा नयाँ जोशका साथ केही नवीन उपलब्धि हासिल गर्ने विश्वास राखेका थिए । तर सन् २०२० मानिसहरूको सोचभन्दा बिल्कुलै फरक रूपमा परिणत भइदियो । सन् २०२० हाम्रा सन्ततिले भविष्यमा इतिहास बुझ्न गुगलमा […]
फ्रान्स दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दीतर्फ

कोरोनाभाइस सङ्क्रमण रोक्न देशभर लकडाउनको सामना गर्नुपरेका कारण फ्रान्सले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सबैभन्दा खराब मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले सोमबार चेतावनी दिनुभएको छ । अर्थमन्त्री मायरले फ्रान्सको संसदीय समितिमा भन्नुभयो, “सन् २००८ विश्वव्यापीरूपमा मन्दी भएपछि सन् १९४५ पछि फ्रान्सको आर्थिक वृद्धिदर सन् २००९ मा २.२ प्रतिशतमा झरेको थियो । अहिले अवस्था योभन्दा […]
खैरहनीको कोरोना कोषलाई ५० हजार रुपैयाँ सहयोग

खारहनी, २४ चैत साना किसान कृषि सहकारी संस्था खैरहनीले खैरहनी नगरपालिकामा स्थापित कोरोना भाईरस रोग नियन्त्रण तथा राहत कोषलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन र यसपछि उत्पन्न समस्या समाधानका लागि नगरपालिकाले कोष स्थापना गरेको थियो । एकद्धार प्रणाली अवलम्वन गरेपछि कोषमा सहयोग आउने क्रम जारी रहेका बेला […]
निजी अस्पतालका चिकित्सकलाई सरकारी अस्पतालमा आएर उपचार गर्न सरकारको आह्वान

काठमाडौं, २४ चैत सरकारले निजी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी अस्पतालमा आएर काम गर्न आग्रह गरेको छ । निजी अस्पतालहरुले कोरोना संक्रमित बिरामीको उपचार नगरेको गुनासो बढिरहँदा सरकारले सरकारी अस्पतालमा आएर काम गर्न आह्वान गरेको हो । यसरी काम गर्ने चिकित्सकको तह र सेवा सुविधा सरकारी सरह हुने सरकारका प्रबक्ता डा.युवराज खतिवडाले बताए । मन्त्रिपरिषद्को निर्णय […]
कोरोना भाइरसलाई हराएर सामान्य अवस्थामा फर्कदै चीन, पर्यटकीय स्थलहरुमा थेगिनसक्नुको भिड

चीन, २४ चैत(सीएनएन) विश्व कोरोना भाइरसविरुद्ध संघर्षरत छ । तर सुरुमा कोरोना भाइरस देखिएको चीन भने तङ्ग्रिदै मात्रै छैन, विगतकै अवस्थामा फर्कन थालेको हो कि जस्तो देखिन्छ । शनिबार हुवांशान पर्वत घुम्न जाने पर्यटकको भिडले चीन कोरोना भाइरसलाई जितेर कति अधि बढिसक्यो भन्ने प्रस्ट पार्छ । सप्तान्तमा हजारौं पर्यटक यस स्थान पुगेको सीएनएनले उल्लेख गरेको […]
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं, २४ चैत सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।
लकडाउन ८ दिन थपियो, बैशाख ३ गतेसम्म लकडाउन

काठमाडौं, २४ चैत सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको हो । जुन चैत […]
जापानमा आपतकाल घोषणा गर्ने तयारी

काठमाडौं, २४ चैत जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट बच्न संघर्ष गरिरहेको जापानी अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने प्रयासस्वरूप जापानले आर्थिक प्रोत्साहन प्याकेज पनि तयार गरिरहेको रोयटर्स समाचारमा उल्लेख छ । अहिलेसम्म जापानमा तीन हजार […]
बोइङको कारखाना अनिश्चितकालीन बन्द

वासिङ्टन, २४ चैत (रासस–एएफपी) अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ–७७७ जेट र अरु मोडलका बिमान उत्पादन हुने गरेको छ […]
बाल सुधारगृह खाली गर, अन्य वन्दीहरूलाई सर्तसहित परिवारकाे जिम्मा लगाऊ !

प्रेम रिमाल संसार काेराेनाकाे भयबाट आक्रान्त छ । हामी पनि त्यही भयकाे शिकार बनेका छाैं । सरकारले लकडाउनमा बस्ने आदेश गरेकाे छ । डेढ दुई मिटरकाे दुरी कायम गर्न भनेकाे छ । समयसमयमा साबुनपानीले हात धुने, सेनिटाइजरकाे प्रयाेग गर्ने । परिवारमा मिलेर बस्ने । झाेलिलाे खानेकुरा बढी प्रयाेग गर्ने शरीरकाे राेग प्रतिराेधी क्षमता बढाउनका लागि […]
लकडाउन लम्ब्याउने तयारी, मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, २४ चैत सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने तयारी गरेको छ । यसबारे निर्णय गर्न दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो । मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउने संभावना छ । नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले […]
पार्टी स्थापना दिवसमा कार्यकर्तालाई भाजपाको अपिल:एक छाक खाना त्याग

२४ दिल्ली/भारतीय जनता पार्टी (भाजपा)ले पार्टी स्थापना दिवसको अवसनमा एक दिनको खाना त्याग गर्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ । पार्टी अध्यक्ष जेपी नाड्डाले एक संदेश जारी गर्दै एक दिनको खाना त्याग गरेर पीडितलाई दिन आह्वान गरेका छन् । साथै उनले घरमा पार्टीको नयाँ झण्डा फहराउन पनि अपिल गरेका छन् । “तर यसक्रममा सामाजिक दूरी कायम […]
लकडाउन प्रभाव: यस वर्ष गैँडा गणना नहुने

भरतपुर, २४ चैत गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ । यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो । शुरुमा चैत १ गतेबाट गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडी सारिएको […]
अमेरिकामा बाघमा पनि कोरोना भाइरस संक्रमण

काठमाडौं, २४ चैत अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो […]
स्थानीय तहकै बलबुतामा भरतपुरमा कोरोना परीक्षण प्रयोगशाला

भरतपुर, २४ चैत अनेक बाधा व्यवधानका बीच चितवनमा कोरोना भाइरस(कोभिड १९) परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । चितवनमा प्रयोगशाला सञ्चालन सरकारको प्राथमिकतामै परेको थिएन । सरकारले सातै प्रदेशमा १/१ वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेपछि प्रदेश सरकारहरुले आफू अनुकूलको ठाउँ रोजेर प्रयोगशाला राखे । बागमति प्रदेश सरकारले राजधानी हेटौंडालाई नै रोज्यो । केन्द्रीय अस्पताल, कोरोना […]
२ सय ८ देशमा कोरोना फैलियो, १२ लाख ७३ हजार ५ सय बढीमा कोरोना पुष्टि

काठमाण्डाैं, २४ चैत काेराेना भाइरस (कोभिड १९) को सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय आठ पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या साढे १२ […]
कोरोना संक्रमण भएका बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं, २४ चैत बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ । डाक्टरहरुले उनमा सतर्क हुनुपर्ने अवस्था […]