काठमाडौं, २४ चैत
सरकारले लकडाउन ८ दिन थप गरेको छ ।
भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको हो । जुन चैत २५ गते १२ बजेसम्मका लागि हो ।
यसबिचमा विदेशबाट आएका कोरोना संक्रमितबाट स्थानीयमा सरेको पुष्टि भएको छ ।





