काठमाडौं, २४ चैत
सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने तयारी गरेको छ । यसबारे निर्णय गर्न दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो । मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउने संभावना छ ।
नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको हो । जुन चैत २५ गते १२ बजेसम्मका लागि हो ।
यसबिचमा विदेशबाट आएका कोरोना संक्रमितबाट स्थानीयमा सरेको पुष्टि भएको छ ।





