२४ दिल्ली/भारतीय जनता पार्टी (भाजपा)ले पार्टी स्थापना दिवसको अवसनमा एक दिनको खाना त्याग गर्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।
पार्टी अध्यक्ष जेपी नाड्डाले एक संदेश जारी गर्दै एक दिनको खाना त्याग गरेर पीडितलाई दिन आह्वान गरेका छन् । साथै उनले घरमा पार्टीको नयाँ झण्डा फहराउन पनि अपिल गरेका छन् । “तर यसक्रममा सामाजिक दूरी कायम गर्नुहोला”, उनले भनेका छन् ।
साथै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पार्टीको ४०औं स्थापना दिवसमा कार्यकर्तालाई बधाई दिंदै कोरोना भाइरसलाई परास्त गर्न एक जुट बन्न आह्वान गरेका छन् ।






