चीन, २४ चैत(सीएनएन)
विश्व कोरोना भाइरसविरुद्ध संघर्षरत छ । तर सुरुमा कोरोना भाइरस देखिएको चीन भने तङ्ग्रिदै मात्रै छैन, विगतकै अवस्थामा फर्कन थालेको हो कि जस्तो देखिन्छ ।

शनिबार हुवांशान पर्वत घुम्न जाने पर्यटकको भिडले चीन कोरोना भाइरसलाई जितेर कति अधि बढिसक्यो भन्ने प्रस्ट पार्छ । सप्तान्तमा हजारौं पर्यटक यस स्थान पुगेको सीएनएनले उल्लेख गरेको छ ।
हुवांशान पर्वत घुम्न जानेको संख्या विहानको पौने आठ बजे नै अत्याधिक भएपछि स्थानीय अधिकारीले आकास्मिक सूचना जारी गरेर पार्कको क्षमता अनुसार २० हजार भन्दा बढी मानिस जम्मा हुन नपाइने स्मरण गराएका थिए ।
विज्ञहरुले भने यति छिट्टै यति ठूलो संख्यामा भिड देखिनुलाई खतरा भनेका छन् । अधिकांशले मास्कको प्रयोग गरेपनि अहिले नै ठूलो भिड जम्मा हुनु खतरा रहेको विज्ञको भनाई छ ।
चीनका अन्य शहरहरुमा पनि भिड बढ्दो क्रममा छ । लामो समय घर भित्र बन्द भएका चिनियाँहरुले कडा लकडाउन खुलेपछिको बिदाको भरपुर उपयोग गर्न थालेको सीएनएनले लेखेको छ ।





