स्थानीय तहकै बलबुतामा भरतपुरमा कोरोना परीक्षण प्रयोगशाला

भरतपुर, २४ चैत
अनेक बाधा व्यवधानका बीच चितवनमा कोरोना भाइरस(कोभिड १९) परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ ।

चितवनमा प्रयोगशाला सञ्चालन सरकारको प्राथमिकतामै परेको थिएन । सरकारले सातै प्रदेशमा १/१ वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेपछि प्रदेश सरकारहरुले आफू अनुकूलको ठाउँ रोजेर प्रयोगशाला राखे । बागमति प्रदेश सरकारले राजधानी हेटौंडालाई नै रोज्यो । केन्द्रीय अस्पताल, कोरोना विशेष अस्पताल, विदेशी समेत उपचार गर्न आउने क्यान्सर अस्पताल, दूई वटा मेडिकल कलेज र दर्जनौं अन्य अस्पताल तथा स्वास्थ्य संस्था रहेको चितवन प्रदेश सरकारको प्राथमिकतामा पर्न सकेन ।

सत्तारुढ पार्टी नेकपा भित्र त झन् चितवनमा प्रयोगशाला बन्नै दिनुहुन्न भन्ने सोच ठूलो पंक्तिमा देखियो । जिल्ला देखि केन्द्रसम्मै यो गुटले चितवनमा प्रयोगशाला नबन्ने अवस्थालाई मौन समर्थन गरे । विशेषत: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो गृह जिल्ला भएका कारण पनि चितवनमा प्रयोगशाला चाहिन्छ भन्नेमा थिए । मेयर रेनु दाहालले चितवनमा कोरोना परीक्षण ल्याब सञ्चालन गर्न धेरै मेहनत गरिन् । अर्का नेता कृष्णभक्त पोखरेल पनि निर्वाचन क्षेत्र भएका कारण राम्रैसँग खटे । तर नेकपा भित्रको अर्को खेमा सकृय बनेन । उक्त खेमा पोखरेल इतरको समूहले काम गर्ने वातावरण नै नबनाएको दाबी गर्छ । चितवनमा ल्याब निर्माण गर्ने सवालमा उक्त खेमाले देखिनेगरी बिरोध नै नगरेपनि केन्द्रीय तहबाट आएका अभिव्यक्तिले चितवनमा ल्याब बन्न नदिन ठूलै चलखेल भएको स्पस्ट बुझ्न सकिन्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले त चितवनमा ल्याब आवश्यक नभएको आशयको फेसबूक स्टाटस नै पोस्ट गरे । स्रोत भन्छ, “सरकारले नै सबैकुरो दिन पर्ने भए चितवनमा ल्याब बन्ने अवस्था नै थिएन ।” कृषी तथा वन विश्वविद्यालय तथा पंक्षीरोग अन्वेषण प्रयोगशालाका उपकरण र जिल्ला भित्रै रहेका योग्य जनशक्तिका कारण यो संभव भएको हो ।

केही समयअघि पनि जिल्ला कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समिति निर्माण गर्ने विषयमा यहाँ ठूलो विवाद देखियो । प्रदेश सांसद विजय सुवेदीलाई संयोजक बनाइएपछि संघीय सांसद कृष्णभक्त पोखरेल निकटका कार्यकर्ताले ठूलो असन्तुष्टी जनाए । फेसबूकमा छताछुल्ल पार्नेगरी विवाद भए । जसले जिल्लामा कोरोनाविरुद्ध लड्ने शक्ति कमजोर बन्न पुग्यो । यो विवादले जिल्लाको विपद् व्यवस्थापन त कमजोर भयो नै सरकारले चितवनलाई दिनै पर्ने ल्याब समेत हेटौंडा पुग्यो ।

हेटौंडाका सामान्य बिरामी पनि उपचारका लागि भरतपुर आउनुपर्ने अवस्था छर्लङ्ग हुँदा हुँदैपनि ल्याब हेटौडा जानुको मूख्य कारण यस्तै विवाद हुन् । भरतपुर जचाउन आएका हेटौंडाका बिरामीको नमूना परीक्षण गर्न हेटौंडा लैजानुपर्ने अवस्थाले जग हँसाएको थियो ।

स्थानीय तहको अगुवाइमा ७० शैयाको कोरोना अस्पताल बनेको चितवनमा स्थानीय तहकै दह्रो साथ र अगुवाईले केन्द्रीय सरकारको कम प्राथमिकतामा र पार्टी भित्रकै बिरोधलाई चिर्दै ल्याब पनि स्थापना भएको छ ।

आजबाट सञ्चालनमा आउने ल्याबले एक चरणमा ९० वटा नमूना परीक्षण गर्ने प्रयोगशालाको संयोजक डा.कृष्ण सागर शर्माले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट