इराकमा रकेट आक्रमण

१३ चैत/इराकको राजधानीमा रकेट आक्रमण भएको छ । उच्च सुरक्षा व्यवस्था गरिएको ‘ग्रीन जोन’ मा आक्रमणकारीले दुई रकेट प्रहार गरेका हुन् । घटनास्थललाई अमेरिकी नेतृत्वको गठबन्धन सेनाले छाड्न लागेको केहि घण्टा अगाडि आक्रमण भएको इराकी अधिकारीले बताएका छन् । इराकमा झण्डै ७५ हजार अमेरिकी नेतृत्वको गठबन्धन सेना रहेका छन् । उनीहरू जिहादी विद्रोहीसँग लड्नका लागि […]
भोली देखि पोखरा, धरान र नेपालगञ्जमा पनि केरोना भाइरसको परीक्षण
काठमाडौं, १३ चैत सरकारले मुलुकका तीन ठूला शहरका अस्पतालमार्फत कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण गर्न लागिएको हो । बाँकेको नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा कोभिड–१९ भाइरस परीक्षणको सुरुवात गर्न थालिएको स्वास्थ्य तथा […]
भारतमा गरीबलाई २२ अर्ब डलर राहत घोषणा

भारत, १३ चैत कोरोनाभाइरस महामारीको आर्थिक असरसँग जुझ्न भारतमा २२ अर्ब डलरको एउटा आर्थिक प्याकेज घोषणा गरिएको छ। त्यस्तो प्याकेजले त्यहाँका गरिबहरूलाई सघाउने बताइएको छ। भारतकी अर्थमन्त्री निर्मला सीतारमण आफूहरूले कोही पनि भोको र बेखर्ची भएको देख्न नचाहेको बताइन्। बीबीसीका अनुसार उक्त प्याकेजमा नि: शुल्क खाना र आर्थिक सहायता समेटिएको छ। त्यो ‘तत्काल आवश्यकतामा रहेकाहरूलाई’ […]
जब अमेरिकाले कोरोनालाई वुहान भाइरस भन्न खोज्यो

वासिङ्टन, १३ चैत अमेरिकाको ‘कोरोना भाइरस’को नाम परिवर्तन गरी ‘वुहान भाइरस’ बनाउने प्रयास गरेको छ । अमेरिकाको यस्तो प्रयास जी ७ राष्ट्रहरुको बैठकबाट भने असफल भएको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोभिड-१९ विरुद्ध जी ७ राष्ट्रका विदेशमन्त्रीबीच भिडियोमार्फत बुधबार भएको बैठकपछि संयुक्त विज्ञप्ति जारी योजना थियो । तर, अमेरिकी विदेश मन्त्रालयले संयुक्त विज्ञप्तिको मस्यौदामा कोरोना […]
अमेरिकामा कोरोनाले ज्यान गुमाउने १००० पुग्यो

भरतपुर, १३ चैत अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । यसबाट अमेरिकासमेत प्रभावित बनेको हो ।
चितवन घर भएका एक व्यक्तिको बेलायतमा कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं, १३ चैत बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेका छन् । उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएपनि अस्पतालले उनमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको गैरआवसीय नेपाली संघका […]
कालोबजारी चाल पाए ११४९ मा फोन गर्नुहोस्

सरकारले कालोबजारी र कृत्रिम अभाव सृजना गरेको टोलफ्रि नम्बर ११४९ नम्बरमा फोन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । कोभिड–१९ फैलने सम्भावनालाई मध्यनगर गरी यही चैत ११ गतेदेखि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको अवस्थामा उपभोक्तामा सहज आपूर्तिको व्यवस्था गर्न सरकारले व्यवसायिलाई आग्रह गरेको छ । “कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता कार्य […]
अलपत्र ५९ पर्यटक काठमाडौं लगियो

कोभिड –१९ को सङ्क्रमणले नेपाल घुम्न आएका पर्यटक अलपत्र परेपछि काठमाडौँस्थित फ्रान्सेली दूतावासले आज पोखराबाट बुद्ध एयर चार्टर गरेर ५९ जना आफ्ना नागरिक काठमाडौंँ लगेको छ । सरकारले कोरोनाको सङ्क्रमणको बढ्दो जोखिम न्यूनीकरण गर्न देशभरि लकडाउन गरेपछि यतिबेला विभिन्न देशबाट आएका पर्यटक अलपत्रमा परेका छन् । पोखरा र आसपास क्षेत्रमा पदयात्रामा रहेका फ्रान्सेलीलाई दूतावासले परराष्ट्र […]
एनआरएनएले एक करोडको सामग्री दिने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रु एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो । सङ्क्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारका सुरक्षा […]
लकडाउनमा कुनै पनि वस्तुको अभाव हुन दिइन्न: महानगर

चैत १३, भरतपुर भरतपुर महानगरपालिकाले लकडाउनको अवधिभर नागरिकहरूलाई कुनै पनि कुराको अभाव हुन नदिने बताएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न चैत ११ गतेदेखि सरकारले सुरु गरेको लकडाउनभर जनतालाई खाद्यान्य वा अन्न कुनै पनि कुराको अभाव महसूस हुन नदिने महानगरपालिकाले बताएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम राज जोशीले लकडाउनले अत्यावश्यक सामग्रीको ढुवानीलाई […]
पाकिस्तानमा कोरोना भाइरसको संक्रमण २१-३० वर्षका युवामा बढी

काठमाडौं, १३ चैत कोरोना भाइरस (कोभिड-१९) बाट पाकिस्तानमा संक्रमित हुनेको संख्या एक हजार १०० नाघिसकेको छन् । अहिलेसमम ८ जनाको मृत्यु भइसकेको छ । तर सबैभन्दा अनौठोचाहिँ अन्यत्रभन्दा उल्टो प्रभाव देखिएको छ । अन्य मुलुकमा कोरोना भाइरसको प्रभाव वृद्ध उमेरका मानिसमा देखिए पनि पाकिस्तानमा युवाहरु बढी प्रभावित बनेका छन् । विशेषगरी २१-३० वर्ष समूहका युवाहरु […]
चितवनका होटल तथा स्कूललाई क्वारेन्टाइन बनाइदै, करिब २ सय कोठाको टुंगो

भरतपुर, १३ चैत चितवनका विभिन्न होटल तथा स्कूलहरुले कोरोना संक्रमितका लागि क्वारेन्टाइन बनाउन स्वीकृति दिएका छन् । भरतपुर र आसपासका क्षेत्रका मात्रै करिब १ दर्जन होटलहरु तथा स्कूलहरुले क्वारेन्टाइन बनाउन स्वीकृति दिएका हुन् । आज बसेको क्वारेन्टाइन तथा जनसम्पर्क समितिको बैठकमा स्वीकृति दिएका होटलहरुलाई क्वारेन्टाइन बनाउने र आवश्यकताअनुसार थप गर्दै लैजाने सहमति भएको संयोजक अरुणपीडित […]
विदेशबाट आएकाहरु माथि निगरानी गर्दै चितवनका स्थानीय तह

भरतपुर, १३ चैत चितवनका स्थानीय तहहरु हालै विदेशबाट आएकाहरुको पहिचान गरी सावधानी अपनाउन सक्रिय भएका छन् । कोरोना भाईरसको संभावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले वडाहरुलाई विदेशबाट आएकाहरु प्रति चनाखो हुन भने पछि त्यस्ता व्यक्तीहरुको निगरानी वढाईएको हो । संघीय सरकारको आदेश वमोजिम स्थानीय तहले वडा कार्यालयहरुलाई हालै स्वदेश आएकाहरुको बारे विवरण लिन भनेको छ […]
दैनिक उपभोग्य वस्तु घरघरमा पुर्याउन उद्योगी/व्यवसायीहरुलाई सरकारको निर्देशन

काठमाडौं, १३ चैत सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्याउन निर्देशन दिएको हो । गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगी/व्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केट/ग्रोसरी, खाद्य स्टोर […]
दक्षिण कोरियाकी ९६ वर्षीया महिलालाई निको भयो कोरोना

सोल, १३ चैत दक्षिण कोरियामा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित ९६ वर्षीया महिला पूर्ण रुपमा निको भएकी छिन् । कोभिड–१९ बाट संक्रमितमध्ये निको हुने सबैभन्दा पाको उमेरकी व्यक्तिसमेत हुन् । देइगु सहरको चेङ्दो क्षेत्रमा बस्ने ९६ वर्षीया ह्वाङ बुधबारबाट पूर्ण रुपमा निको भएको कोरियाली स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चेङ्दो कोरोना संक्रमणका हिसाबले अतिप्रभावित क्षेत्र हो […]
कता होलान् धादिङका कोरोना संक्रमित व्यक्तिसँग जहाजमा आउने १६९ यात्रु ?

काठमाडौं, १३ चैत कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका व्यक्ति सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ । चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो । अब उनीसँगै विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ । स्रोतकाअनुसार एयर […]
चितवनमा लकडाउन उल्लंघन गर्ने २१ मोटरसाइकल चालक र अन्य १४ व्यक्ति पक्राउ

भरतपुर, १३ चैत कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने २१ मोटरसाइकल चालकहरुलाई चितवनमा नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र माताहतका कार्यालयहरुले गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट १४ जना व्यक्तिलाई पनि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा कारवाहीको लागी पठाईएको प्रहरी नायव उपरीक्षक एकनारायण […]
कोरोनाको संक्रमणका कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता

पेरिस, १३ चैत (रासस / एएनआई) कोरोनाभाइरसको महामारी र अत्यधिक संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ । इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने बुधबार घोषणा गरेको हो । स्थानीय संचार माध्यम ली फिगारोले वरिष्ट सैनिक अधिकृतको भनाई उद्धृत गर्दै भनेको छ, “इराकी सरकारको समन्वयमा गठबन्धन सेनाले […]
लकडाउनले गाईवस्तुलाई दानाको अभाव

पूर्णप्रसाद मिश्र र विक्रम गिरी/रासस राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो । पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो । नागार्जुन नगरपालिका–६ स्युचाटारमा मुखिया कृषि फार्म सञ्चालन गर्दै आउनुभएका नम्रता राउत कहाँ बुधबार […]
कोरोना अस्पताललाई ५० थान पीपीई र ५० लिटर सेनिटाइजर सहयोग

भरतपुर, १३ चैत लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि टुले भरतपुरमा हालै सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई अत्यावश्यक सामाग्रीहरु आज उपलव्ध गराएको छ । क्लबका भाईस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर महानगरपालिकाका प्रमुख एवं अस्पतालका संयोजक रेनु दाहाललाई ती सामाग्री हस्तान्तरण गरे । क्लबले ५० थान पीपीई र ५० लिटर सेनिटाईजर अस्पताललाई हस्तान्तरण […]
अब आधा भरिएको ग्यास सिलिन्डर मात्रै पाइने

काठमाडौं, १३ चैत अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा […]
संकटको बेला बोनस देखाएर टेलिकम र एनसेलको लुट्ने दाउ

भरतपुर, १३ चैत कोरोनाको कारण देशमा लकडाउन चलिरहेको बेला देशका दुई प्रमुख टेलिकम प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले सहुलियतको नाममा पैसा कमाउने उपाय रचेको छ । उनीहरुले हालै ल्याएकाअफर हेर्दा सेवाग्राहीलाई राहत दिनुभन्दा पनि दशैंमा ल्याइने जस्तो धेरै खर्च गर्न प्रोत्साहित गराउने देखिन्छ । नेपाल टेलिकमले आज १३ देखि १८ गतेसम्म रिचार्ज गरिएको रकम […]
कोरोना प्रभावः दूध कारोबार ठप्प, कतै फालाफाल-कतै अभाव

विप्लव काफ्ले भरतपुर, १३ चैत गाइभैसी पाल्ने किसानलाई दूध बिक्रि नभएर चिन्ता पर्न थालेको छ । दिनहुँ डेरीबाट किनेर खाने उपभोक्तालाई दूध नपाउँदा पीरलो छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन ‘लकडाउन’ गरिएपछि दूधको कारोबार समेत ठप्प भएको छ । किसान–उपभोक्तालाई उत्तिकै पीरलो छ । व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृष समाज नेपालका केन्द्रीय अध्यक्ष […]
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

१३ चैत/गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ । सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानसमेत थालेको छ […]
इन्डक्सनमा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट

काठमाडौं, १३ चैत लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत निर्देशन दिएका […]
राउटे बस्ती पनि लकडाउन !

सुर्खेत, १३ चैत नेपालमा कोरोना भाइरसका सङ्क्रमण देखिएपछि राउटे बस्तीमा पनि ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सत्तरी छिन्चुखोला किनारमा अवस्थित राउटे बस्तीमा अन्य मानिसलाई प्रवेश निषेध गरिएको छ । जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएको यो समुदाय हालै छिन्चुखोला किनारमा सरेको हो । नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि राउटेलाई पनि बस्ती […]
कोरोना भाइरसका कारण इटलीमा बुधबार ६८३ जनाको ज्यान गयो

१३ चैत/कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ । चीनपछि सबैभन्दा बढी […]
अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित भेटिए

१३ चैत/अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६५ हजार ७०० नाघेको छ । अमेरिकामा बुधबार मात्र १५५ जनाको भाइरसको कारण ज्यान गुमाएका थिए । यससँगै समग्र मृत्यु हुनेको संख्या पनि ९३५ पुगेको छ । इटालीपछि दोस्रो सबैभन्दा धेरै मानिसको ज्यान गएको स्पेनमा अहिलेसम्म […]
कोरोनाभाइरस महामारी सम्पूर्ण मानवताका लागि खतरा:यूएन

१३ चैत/संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन्। एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ। गम्भीर चेतावनी महासचिवले भने, “यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि […]
इटलीमा फूटबल खेलका कारण फैलियो कोरोना !

विश्वमा अहिले सबैभन्दा बढी कोरोना भाइरसकाे महामारी इटालीमा फैलिरहेको छ। इटालीमा पनि बेरगामो सहरलाई यसले सबैभन्दा बढी गाँजेको छ। यसैबीच यही ठाउँका मेयर जर्जियो गोरीले फुटबल खेलकै कारण इटाली र स्पेनमा समेत कोरोना महामारी फैलिएको दाबी गरेका छन्। युरोपेली च्याम्पियन्स लिगका क्रममा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले […]