जब अमेरिकाले कोरोनालाई वुहान भाइरस भन्न खोज्यो

वासिङ्टन, १३ चैत

अमेरिकाको ‘कोरोना भाइरस’को नाम परिवर्तन गरी ‘वुहान भाइरस’ बनाउने प्रयास गरेको छ । अमेरिकाको यस्तो प्रयास जी ७ राष्ट्रहरुको बैठकबाट भने असफल भएको छ ।

अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोभिड-१९ विरुद्ध जी ७ राष्ट्रका विदेशमन्त्रीबीच भिडियोमार्फत बुधबार भएको बैठकपछि संयुक्त विज्ञप्ति जारी योजना थियो ।

तर, अमेरिकी विदेश मन्त्रालयले संयुक्त विज्ञप्तिको मस्यौदामा कोरोना भइरसको सट्टा ‘वुहान भाइरस’ शब्द लेखेको थियो ।
अमेरिका बाहेकका अन्य देशका विदेश मन्त्रालयहरु ‘वुहान भाइरस’ लेख्न सहमत भएनन् । र, कोरोना भाइरसको नाम वुहान बनाउने अमेरिकी प्रयास असफल भयो ।

जी ७ राष्ट्रमा बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट